संकल्पमा ‘राठौर’


असोज ७, सुर्खेत ।

न्याय समानता र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) को कर्णाली प्रदेश अध्यक्षमा सितलसिंह राठौर चयन भएकी छन् । आइतवार वीरेन्द्रनगरमा सम्पन्न संकल्पको प्रदेश स्तरीय भेलाबाट मानव अधिकारका लागि एकल महिला संघका राठौर प्रदेशको अध्यक्षमा निर्वाचित भएकी हुन् ।

सञ्जालको उपाध्यक्षमा दलित महिला संघ सुर्खेतका अध्यक्ष मञ्जु सुनार, सचिवमा अपांग महिला सशक्तिकरण केन्द्रका किमसरा खत्री तथा कोषाध्यक्षमा जनजाती महिला संघका कृष्णा वंशी चयन भएका छन् । संकल्पको कर्णाली प्रदेश सञ्जालको सदस्यहरुमा क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) सुर्खेतका अध्यक्ष लक्ष्मी भण्डारी, फतिमा फाउण्डेशन दैलेखका निमा मिया, विकल्पका सर्मिला विसी चयन हुनुभएको छ । त्यसैगरी नागरिक आवाज जुम्लाका विष्णु आचार्य, रुडुप संस्था दैलेखका गंगा गौतम सञ्जालको सदस्यमा चयन भएकी छन् ।

कर्णालीमा रहेका समग्र महिलाको आवाज बुलन्द गर्नुकासाथै कर्णाली प्रदेशमा महिलाले भोगेका हिंसा अन्त्यको लागि पहल गर्दै महिलाका साझा सवालमा एकतावद्ध हुने उद्देश्यले सञ्जालको गठन गरिएको हो ।