प्रहरी उपरीक्षक विष्टलाई स्वागत् गर्दै लागुऔषध नियन्त्रण गर्न दलको आग्रह


१५ असार, सुर्खेत । सुर्खेत जिल्लामा नयाँ आउनुभएका प्रहरी उपरिक्षक पदम बहादुर विष्टलाई कर्णाली स्वयम् सेवक दलले जिल्लामा स्वागत् गर्दै जिल्लामा लागु औषध नियन्त्रणकालागि अनुरोध गरेको छ ।

दलका अध्यक्ष सुदर्शन श्रेष्ठले प्रहरी उपरीक्षक विष्टलाई स्वागत गर्दै जिल्लामा लागुऔषध नियन्त्रण गर्न सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो । त्यस्तै प्रहरी उपरीक्षक विष्टले अरु जिल्लाहरुमा समुदाय लाई बोलाउनु पर्छ तर सुर्खेतमा यसरी आफै आएर सहयोग गर्छौ भन्दा अत्यन्तै खुशी लागेको बताउनु भयो ।

प्रहरी उपरीक्षक विष्टले शान्ति सुरक्षा , अमन चैन, लागू औषध नियन्त्रण ,चोरी, हिंसा , विभेद ठगी जस्ता समाजका विभिन्न मुद्दाहरुमा देखिने गरि सुधार महसुस अब सुर्खेतबासीले गर्नसक्ने आफुले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “समुदायको सहयोग बिना प्रहरी एक्लै सफल नहुने हुँदा प्रहरी संग हातेमालो गर्न र सहयोग गर्न आग्रह गर्न म अनुरोध गर्दछु ।

कार्यक्रममा दलका विभिन्न सदस्यहरुको उपस्थिति रहेको थियो ।