
प्रवाशकुमार शाक्य / मिलन श्रेष्ठ
८ बैशाख, सुर्खेत । विश्वलाई आतंकित पार्दै द्रुतगतिमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई मध्यनजर चैत्र २७ बजेदेखि ९ बजे सम्म र दिउँसो १ देखि ३ बजे सम्म प्रदेश राजधानी वीरेन्द्रनगर बजारका अतिआवश्कीय पसलहरु खुला गर्ने निर्णय गरेको थियो चैत्र २७ गते देखि बजारका अतिआवश्कीय पसलहरुसंचालन गर्दा चौतर्फी बिरोध भने समाजिक सञ्जालमा त झनै व्यापक विरोध गरियो ।
त्यसपछि अर्को बैठक बसी शुक्रवार ५ गतेबाट विहान ११ देखि दिउसो १ बजेका पसलहरु संचालन भए लगतै पुनः जिल्ला प्रशासन कार्यलय सुर्खेतले गरेको निर्णय गलत भएको सावित भए पश्चात यस अघि गरिएका दुवै निर्णयहरु फितलो हुन गएको देखिएको थियो ।

तत्पश्चात कोभिड-१९ रोकथाम तथा नियन्त्रण व्यवस्थापन जिल्लास्तरिय कमाण्ड पोष्टका संयोजक एवं प्रजिअ रमेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अब अतिआवश्यक खाद्य पसलहरु हप्तामा ३ दिन सोमबार बुधवार र शुक्रवार विहान ७ बजेदेखि ९ बजे सम्म २ घण्टा मात्र खोलिने निर्णय गरेको पछि बैठकले तरकारी, ग्यास र दुग्ध जन्य पदार्थको भने प्रत्येक दिन विहान ७ बजेदेखि ९ बजे सम्म दैनिक २ घण्टा सम्म विक्री वितरणकालागि खोलिने निर्णय अनुसार आज (सोमबार) का दिन स्थानिय अतिआवश्यकीय बस्तुको पसलहरु संचालनमा आएता पनि मुख्य गरि भेरी ग्याँसको सुर्खेतका लागि अधिकृत विक्रेता नन्दनी ट्रेडर्समा विहानैदेखि ग्याँस लिने उपभोक्ताहरुको भिँड लागेको थियो ।
विहान दैनिक २ घण्टा विहान ७ बजेदेखि ९ को ग्याँस विक्रिका लागि समय तोकेको छ । अन्य ग्याँसको तुलनामा भेरी ग्याँसका उपभोक्ता धेरै भएको र प्रशासनले तोकेको समय २ घण्टा भएकोले हुँदा भिडभाड भएको सञ्चालक विनोद दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘यो २ घण्टामा सब डिलरहरुमा ढुवानी गर्न निकै कठिन भएकोले पनि भिडलागेको हो ।

त्यस्तै बिहानै देखि स्थानिय बजारमा सामानहरु खरिद गर्न आएका सर्वसाधारणहरुले ग्यांस पसलमा मात्र नभई स्थानिय बजारमा खोलिएका अधिकांश पसलहरुका सर्वसाधारण भिड भएको र उत्त भिडमा सामाजिक दुरि कायम गर्ने देखि लिएर व्यवस्थीत रुपमा बिक्रि बितरण गराउने तर्फ जिल्ला प्रशासन कार्यालय सुर्खेतका ध्यान पुग्न नसकेको सर्वसाधारण गुनासो गरेका छन् ।
त्यस्तै एक सुरक्षाकर्मी भन्नुहुन्छ । हामीले अतिआवश्यक सामान खरिद गर्ने आउने नागरिक तथा व्यवसायीहरुलाई सामाजिक दुरी कायम गर्न धेरै भन्छौ तर दुबैले अटेर गरिरहेको अवस्था छ । पसल ९ बजे पछि बन्द गर्नुस भन्दा अटेर गरेर केही समय बढी खोलिदिने र नागरिक पनि त्यस्तै अटेर गर्ने पाइएको छ । त्यती मात्र नभै अस्पतालका पुराना पर्चाहरु बोकी बजार घुम्नेहरुको धेरै जमात देखिएको छ । हामीले मात्र लकडाउन पालन गर्न कती सम्झाउने ? यो त सबैले सजग र सचेत हुनुपर्ने हो तर नागरिकहरु यस्मा साह्रै लापरवाही गरेको पाइन्छ ।

संधै फोनमै व्यस्त हुने, फोन लाग्दा पनि फोन नउठाउने सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेबाट सुर्खेतका सबै क्षेत्रका अगुवाहरु पिडित बनेका छन् । ‘प्रमुख जिल्ला अधिकारीको समन्वयकारी भूमिका नहुन समस्या रहेको छ । बाटोमा अलपत्र नागरिकहरुले दुःख पाएका छन् । दैनिक उपभोग्य सामाग्री विक्रि वितरण गर्ने अव्यवहारिक समय तालिकाबाट आलोचित बनेका प्रजिअ न्यौपाने आम नागरिकको भावना अनुसार समय तालिकामा हेरफेर गरेका छन् । ‘सडकमा अलपत्र नागरिकको उद्दारमा डिसिओ साप जिल्लास्थित आफ्ना मातहतका कार्यालय प्रमुख, प्रहरी युनिटहरुलाई परिचालन गर्ने सन्दर्भमासमेत कमजोर भूमिका देखियो’ एक नागरिक अगुवाले बताउनुहुन्छ ।

प्रदेश सरकार र स्थानीय तहले एकद्धार प्रणालीबाट विभिन्न क्षेत्रमा राहत विरतण गर्ने निर्णय गर्दा त्यसको कार्यान्वनयमा समेत प्रजिअले त्यसलाई नियन्त्रण गर्न नसक्दा समाजसेवीका नाममा आफुखुशी राहत वितरण गर्दै सस्तो प्रचार प्रसार भैरहेको जनप्रतिनीधिहरुको गुनासो छ । दैनिक उपभोग्य वस्तु ओसार, पसार, खरिद, विक्रिका व्यानर टाँंगेर ट्रक, जीपहरुबाट चुरोट, रक्सी लगायतका विलासी वस्तु वितरण भैरहेको गुनासो छ ।



Milan Shrestha । ८ बैशाख २०७७, सोमबार १६:०२ बजे