आठ वर्षदेखि सम्पर्कविहीन शिवकुमार खोजी सुरु


केदार कुँवर

दुबई । वैदेशिक रोजगारीका यूएई आएर परिवारसँग सम्पर्कविहीन भएका कास्कीका एक युवकको खोजी सुरु भएको छ ।

हेम्जा

यूएईमा क्रियाशील कास्की आदर्श सेवा समाजले नेपाली राजदूतावासमा भण्डारीको खोजी गर्नका लागि लिखित आहृवान गरिसकेको छ । साथै समाजका संरक्षक कृष्णबहादुर ढकालको संयोजकत्वमा खोजतलास समिति गठन गरिएको छ ।

भण्डारी न्यु स्टार ओभरसिजबाट एक कम्पनीमा कन्टिनेन्टल कुकको रूपमा यूएई आएका थिए । छोरा सम्पर्कविहीन भएपछि खोजी कार्यका लागि बुबा धर्मराज भण्डारीले पटकपटक विभिन्न निकायमा अनुरोध गरे । तर, केही पत्ता नलागेको कास्की समाजका अध्यक्ष गुप्तशेखर पौडेलले बताएका छन् ।

खोज तलास कार्यमा सहयोग गर्न यूएईमा रहेका सम्पूर्ण कस्केली लगायत गैरकस्केली नेपालीहरूलाई हातेमालोका लागि समाजले आहृवान गरेको छ ।

स्मरण रहोस्, निज भण्डारीको पासपोर्ट नं २२७४०५५ रहेको छ भने नेपाली नागरिकता नं १२२९३० छ । साथै निज भण्डारीका बारेमा कोही कसैलाई जाकारी भए अबुधावीस्थित दूताबासमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
साभारः अनलाईन खबर ।

(६ कास्की हाल पोखरा उपमहानगरपालिका वडा नं २९ वाँस्कोट चोक स्थायी घर भएका वर्ष ३० का शिवकुमार भण्डारी लागि दस वर्ष अघि रोजगारीका क्रममा यूएई आएका थिए । तर, उनी विगत आठ वर्षदेखि घरपरिवारको सम्पर्क बाहिर रहेका बताइएको छ ।