
मिलन श्रेष्ठ
सुर्खेत, १८ असोज । एपि १ टेलिभिजनबाट प्रसारण भईरहेको नेपाल आईडल सिजन २का सुर्खेती युवा कलाकार सुविन सिंहलाई बिजय गराउनका लागी सुर्खेत युवाहरुद्वारा बिहिबार(आज) सांस्कृति कार्यक्रमको आयोजना गरेका छन् ।
स्थानिय वीरेन्द्रनगरको वीरेन्दचौकमा बिहिबार सांझ एक कार्यक्रमको आयोजना गरी गीत मार्फत् नेपाल आईडल सिजन २को टप ११मा पर्न सफल भएका सुर्खेती कलाकार सुविन सिंहलाई जिताउनका लागी कार्यक्रमको आयोजन सहित बढी भन्दा बढी भोट गरी बिजय गराउन हार्दिक अपिल समेत गरेका छन् ।
सुविन सिंहलाई भोट गर्नकालागि मोबाइलको म्यासेज बक्समा गई सुविनको कोड ११ टाइप गरि ३१००९ मा पठाउन सकिने छ । भोट शुक्रवार मध्यान्ह १२ बजे सम्म मात्र गर्न सकिने छ ।
साथमा भोट अपिल कन्सर्ट मा गायक कविराज गिरिले सबै जनाले कर्णालि प्रदेश को प्रतिनिधित्व गरेका सुविन सिङ लाई सबैले भोट गरेर सपोट गर्नु पर्ने वताय ।
Milan Shrestha । १८ आश्विन २०७५, बिहीबार २२:२८ बजे