
कर्णाली प्रदेशमा एनजिओ र आइएनजिओले चाउचाउ, कुहेको चामल बाँडे, गरिबि र अनुहारमा झिंगा भन्केका फोटोहरुको खेति गरि कर्णालीलाई गरिबिको बिल्ला लगाएको आरोप लगाउने गरेको कर्णाली प्रदेश सरकारले प्रदेशमा लगानिका लागि दातृ निकायलाई गुहार्न थालेको छ ।
कर्णाली प्रदेशको विकासका लागि लगानी जुटाउन भन्दै दातृ निकायहरुलाई बोलाएर यहाँ तमाम् सम्भावनाहरु छन् त्यसमा लगानि गर्नु पर्यो भनेर सरकारले सहयोगको याचना गर्न लागेको छ । कर्णाली प्रदेश सरकारले यहाँ बाट एनजिओ र आइएनजिओ हटाउने अर्थात यीनिहरुका कार्यक्रमहरु बन्द गर्ने चेतावनी दिएपनि पछिल्लो समयमा दातृ निकायलाई सहयोगका लागि गुहारेको हो ।
विभिन्न सार्वजनिक कार्यक्रमहरुमा पनि कर्णाली गरिब होइन, यहाँका मानिसहरु काँसाका थालमा मार्सी धानको भात र अर्गानिक अन्य उत्पादनहरु खाइरहेका लागि एनजिओ र आइएनजिओले परनिर्भर बनाउने काम गर्यो र गरिबिको पगरी भिराइदिएका तथ्यहरु राख्दै आएको सरकार र सरकारका मन्त्रीहरुले पछिल्लो समय दातृ निकायहरुलाई फेरी लगानी गर भनेर किन आग्रह गरे ? सहजै अनुमान गर्न कठिन भएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा विभिन्न दातृ निकायहरुका प्रतिनिधीहरुसँग सोमबार बृहद छलफल गर्दै कर्णालीलाई प्राथमिकतामा राखेर दातृ निकायहरुलाई सहयोग गर्न विन्तिपत्र चढाइएको बुझिएको छ । युरोपियन युनियनका ओभिडु मिक, विश्व बैंकका फारिस हाडाड, क्रिश्चियन इगन र सइद खादेद असन, डिएफआइडिका रुरिक मार्सडेनलगायतका पदाधिकारीहरुसँग कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित सरकारका मन्त्रीहरुबीच भेटघाट, छलफल भयो । भेटघाटमा बाह्य लागानी विना प्रदेशको बिकास गर्न नसकिने भन्दै कर्णालीको विकासका लागि साझेदार निकायहरुलाई कर्णाली प्रदेशमा प्राथमिकता दिएर लगानी गर्न दाताहरुलाई सरकारले खुल्ला आव्हान गरेको छ ।
कुरा यत्तिमात्र हो कि हिजोको गधा आज धोएर गाई हुन सक्छ ?
या कसैले बनाउन सक्छ ? यदि गधा हो भने उ गधा नै हो ?
बाह्य लगानी बिना कर्णाली प्रदेशको विकास गर्न नसकिने निष्कर्ष निकाल्दै कर्णालीका तमाम् आवश्यकताहरुलाई प्राथमिकतामा राखेर बिकासमा लगानी गर्न साझेदार निकायलाई आग्रह गर्नु नै पर्ने भए किन एनजिओ र आइएनजिओलाई यहाँबाट खेद्ने भनिएको ? कहिले खेदाउने र कहिले कुम जोरी बस्न रुचाउने प्रबृति के हो ? हिजो कर्णालीवासीलाई कंगाल बनाउने र गरिब बनाउनेहरुले आज कसरी समृद्ध बनाउन महत्वपूर्ण भूमिका निर्बाह गर्छन् ? दातृ निकायहरुले पनि कर्णाली प्रदेशमा लगानी गर्न इच्छुक रहेको बताएका छन् भने कर्णाली प्रदेश सरकारले पनि पछिल्लो समयमा दातृ निकायको लगानी बिना विकास सम्भव नहुने निश्कर्ष निकालेको छ । कुरा यत्तिमात्र हो कि हिजोको गधा आज धोएर गाई हुन सक्छ ? या कसैले बनाउन सक्छ ? यदि गधा हो भने उ गधा नै हो ? उसका लक्षण गुणहरु परिबर्तन गर्न सकिदैन, मात्र केही बानीमा परिबर्तन गर्न सकिएला ? यदि गाई नै हो भने किन गधाको पगरि गुथियो ? यो प्रश्न अनुत्तरीत भएपनि साझेदारी बिना विकासले फड्को मार्न सक्दैन भन्ने ढिलै भएपनि बुझ्नुलाई राम्रो र सकारात्मक पक्ष मान्न सकिन्छ ।
Milan Shrestha । २३ आश्विन २०७५, मंगलवार ११:३८ बजे