वीरेन्द्रनगरको ९ नं. वडा अध्यक्षमा काँग्रेसका मानन्धर पुनः उम्मेद्वार


१२ बैशाख, सुर्खेत । यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको प्रमुख पर्यटकिय वडा ९ नं. वडाको अध्यक्षमा नेपाली काँग्रेसले पुनः सुरेश मानन्धरलाई उम्मेद्वार बनाएको छ ।

वडा कमिटीले ८ जनाको नाम वडा अध्यक्षकालागि सिफारिस गरेतापनि आज अन्तिम मनोनयन गर्नेदिनमा सुरेश मानन्धरलाई पुनः अध्यक्षमा उम्मेद्वार बनाएको हो । त्यस्तै कमिटीले सदस्य पदकालागि २१ जना नाम सिफारिस गरिएकोमा सुदिपविक्रम जिसी, सुशिला राना गोपाल शाह र पुतली विकलाई उम्मेद्वार बनाइएको हो ।