सबै भन्दा ठुलो भनेको काम गर्ने मान्छे हो भन्ने बुझ्न जरुरी छः मुख्यमन्त्री शाही


१ पौष, कालिकोट । कर्णाली प्रदेश सरकारले प्रत्येक महिना २ दिन गर्दै आएको श्रमदान कार्यक्रम अब महिनामा १ पटक गर्ने भएको छ ।

महिनामा २ दिन श्रम गर्ने भन्ने गरि काम शुरु गरेका थियौ तर कामका कारणले २ दिन सम्भब नभएकोले अब १ दिन गर्न शुरु गरिएको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभएको छ ।

श्रमदान गर्दै मुख्यमन्त्री शाहीले एउटा उखान टुक्का सम्झदै भन्नुभयो । ठुला बडा मान्छेले आफै काम गर्ने यिनी ले त नीतिनियम बनाउने हो बुझ्ने जुन गरिएको छ त्यो गलत हो ।

जम्रोकिरा के हो नजान्ने सामन्ति बादी संस्कार छ आफ्नो घरमा काम नगर्ने चिटिक्कै पर्ने जसले काम गर्दैन त्यो ठुलो हो भनी बुझ्ने गलत सस्कार हो। सबै भन्दा ठुलो भनेको काम गर्ने मान्छे हो भन्ने बुझु जरुरी छ ।

कार्यक्रममा कालिकोट जिल्लाका विभिन्न सरकारी कार्यालयहरुका कर्मचारीहरुको सहभागिता रहेको थियो ।