बार्षिक उत्सवमा रक्तदान


IMG_20160614_084826३२ जेठ सुर्खेत । सुदुरपश्चिमको कैलालीबाट शुरु गरेको सिध्दार्थ विजनेश ग्रुपले आज १२ औं शाखा सुर्खेतमा विस्तार गरेको व्यावसायको पहिलो बार्षिक उत्सव मनाएको छ ।

ग्रुपले आज विश्व रक्तदान दिवसको अवसर परेर आफ्नो बार्षिक उत्सवमा रक्तदान कार्यक्रम गरेर मनाएको हो ।

ग्रुपले आज सुर्खेतमा रहेको आफ्नो सिध्दार्थ शनी भिलेज रिसोर्टमा रक्तदान कार्यक्रमको आयोजना गरि नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र सुर्खेतको समन्वयमा  १९ पिन्ट रगत संकलन गरेको छ ।

ग्रुपले सामाजिक उत्तरदायित्व ध्यानमा राखी विद्यालयलाई कम्प्युटर, दुर्घटनामा परेका बांकेका पत्रकारलाई आर्थिक सहयोग , बिभिन्न सामाजिक तथा प्राकृतिक प्रकोपमा परेका, सामाजिक एवं साँस्कृतिक रुपमा पिछडिएका हरुलार्इ आर्थीक एवं सामाजिक सहयोग गर्ने अभिप्राय स्वरुप साकार नामक संस्था मार्फत आफ्‍नो सामाजिक उत्तर दायित्व समेत सिद्धार्थ बिजनेस ग्रुपले बहन गरिरहेको जानकारी ग्रुपका प्रमुख कृष्ण न्यौपानेले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

साथै यस ग्रुपले उच्च क्वालिटीको हस्पिटालिटी सेवा पनि प्रदान गर्दै सयौं ब्यक्तीलाई रोजगारी प्रदान गरि रहेको विज्ञप्तीमा उल्लेख छ ।