
३१ चैत, सिराह । जिल्ला अदालत सिराहाले स्वतन्त्र मधेस अभियान चलाएका सीके राउतलाई १० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
राउतविरुद्ध राज्य विरुद्धको अपराध र संगठित अपराधमा मुद्दा चलाइएको थियो । तर, अदालतले बिहीबार १० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
राउतविरुद्ध रुपन्देहीमा पनि मुद्दा भएकाले धरौटी बुझाउनसाथ रिहा गर्ने सम्भावना छैन । प्रहरी स्रोतले भन्यो, ‘रुपन्देही प्रहरीले बुझाउन भनेको छ । सम्भवत पठाउँछौं ।’
साभारः अनलाइनखबर
Prawash Kumar Shakya । ३१ चैत्र २०७३, बिहीबार १३:२२ बजे