यूवाहरुकालागि आईटी क्षमता अभिबृद्धी कार्यक्रम सम्पन्न


२० कार्तिक, सुर्खेत । कम्प्यूटर एशोसियशन नेपाल (क्यान) महासंघ सुर्खेत शाखाले आज यूवापुस्ताकालागि आइटि सम्बन्धी क्षमता अभिबृद्धी गर्ने हेतुले आज एक कार्यक्रम सम्पन्न गरेको छ ।

यूनाईट्स नेपालको सहकार्यमा क्यान महासंघ सुर्खेत शाखाले कार्यक्रमको आयोजना गरेको शाखाका सहसचिव लोकेन्द्रबहादुर गिरीले जानकारी दिनुभयो ।

यूनाईट्स नेपालका हृदयमान श्रेष्ठले अहिलेको समयको माग अनुसार यूवापुस्तालाई आईटीको सही प्रयोग र त्यसबाट लिन सकिने लाभको बारेमा प्रशिक्षण दिनुभएको थियो ।

त्यस्तै कार्यक्रममा क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष प्रेमप्रकाश चन्दले क्यान महासंघको संक्षिप्त परिचय दिनुभएको थियो ।

क्यान महासंघ सुर्खेतका अध्यक्ष तिलकप्रसाद आचार्यको सभापतित्वमा भएको कार्यक्रमको संचालन शाखा सचिव प्रवाशकुमार शाक्यले गर्नुभएको थियो ।