महोत्सवको विरोधमा बजार बन्द किन ?


६ कार्तिक, सुर्खेत । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्यव परिषद सुर्खेतले यही कार्तिक ९ गते देखि १९ गते सम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन गर्न लागेको कृषि तथा साँस्कृतिक पर्यटन प्रवर्द्धन व्यापार मेला २०७५ लाई लक्षित गरि विरोध स्वरुप आज उद्योग बाणिज्य संघ सुर्खेतको फेन्सी वस्तुगत समितिले वीरेन्द्रनगरको मुख्य बजार बन्द गराएको छ ।

बस्तुगत समितिले आफूहरु संग कुनै समन्वय नै नगरि एकतर्फी तवरले महोत्सवको आयोजना गरेको आरोप लगाएको छ ।

स्थानीय सुनगाभा टेलिभिजन संग कुरा गर्दै फेन्सी वस्तुगत समितिका राजु पाण्डेले साँस्कृतिक महोत्सवका नाममा व्यापार गरेको र त्यस्तो महोत्सवमा करछली गरेका विग्रेका सामानहरुक‍ो व्यापार हुने गरेको आरोप लगाउनुभयो ।

यता महोत्सव आयोजक समितिका संयोजक एवं जनजाति महासंघ जिल्ला समन्वय परिषद सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकायले आफुले ले वीरेन्द्रनगरको बुद्धपथमा बुद्ध सरोवर निर्माणकालागि महोत्सव आयोजना गरेको बताउनुभयो ।

महोत्सवमा पहिलो प्राथमिकता स्थानीय व्यापारीहरुलाई दिएको र स्थानीय व्यापारीलाई स्टल भाडामा २० प्रतिशत छुट दिएको बताउँदै रोकायले प्रश्न गर्नुभयो “विरोध के का लागि महोत्सवकालागि मात्रै कि आदिवासी जनजातिले सञ्चालन गरेकाले”?

महोत्सवका बारेमा जानकारी दिनकालागि गत असोज १८ गते आफुले पत्रकार सम्मेलन गरेर जानकारी गराईसक्दा अहिले अन्तिम समयमा आएर विरोध गर्नुको औचित्य के ? रोकायले प्रश्न गर्नुभयो ।

सुनगाभा टेलिभिजनको सहयोगमा