राष्कोट सामुदायिक अस्पताल:सबैको साथ, सबैको बिकाश


कालिकोटको मात्र नभएर समग्र कर्णालीको स्वास्थ्य अबस्था कति पिडादायक अनि पछाडि परेको छ ,यो कुरा सायद हामीले हाम्रै घर आँगनमा घटेका कैयौं  घटनाहरू भोगे-देखेर अनुमान लगाऊन सक्छौ ।

एक जिवनजलको प्याकेट नपाएर, सिटामोलको ट्यावलेट नपाएर होस या समयमा अस्पताल पुराऊन नसकेर होस, दैनिकी जसो हाम्रा आफन्त आफ्नाहरू आखाँ अगाडि छटपटाऊदै प्राण त्याग्न बिबस छन । सदर आयु ५० बर्ष पनि नपुग्ने हाम्रो गाँऊ-ठाँऊमा अस्पताल अनि बिरामीबिचको दुरी यति फराकिलो छ कि गरीवी, अशिक्षा,भोकमरी, अन्धविश्वासले अझँ यो दुरीलाई बढाऊदै लगेको छ भने वर्तमानको आँगनमा टेकेर भबिष्य निहाल्दा यो निश्चित छ आऊने समय अझँ यो भन्दा कठिन अनि बिकराल हुदैँ जानेछ ।

सायद यिनै कुराहरूलाई निहाल्दै हामीले एक महाअभियानको सुरूवात गरेका छौ कालिकोटको राष्कोटमा सामुदायिक डिजिटल अस्पताल निर्माणको जस्को नेतृत्व स्थानीयहरूको सक्रियता अनि काठमान्डौ या बाहिर बसेर कर्णालीको बारे साचिँक्कै केहि गर्न खोज्ने युवा जमातको रहेको छ भने नेपालकै चर्चित अनि लोकप्रिय पत्रकार  रबि लामिछाने ज्युँको सक्रियतामा अगाडि बढ्दै छ ।

सर्वसुलभ स्वास्थ्य सेवा,पारदर्शिता अनि उच्च प्रवृधिको साथ संचालन हुने उत्त अस्पताल करिव करिव सुरूवातिको चरणमा रहेको छ भने यस्को लागि नगरपालिका,प्रदेश सरकार हुदैँ केन्द्रीय सरकारको सकारात्मक साथै सम्मानजनक उपस्थिति रहदै आएको छ । काठमान्डौँमा रहेको एक समुह जहाँ डाक्टर, फार्मेसिस्ट, अस्पताल व्यवस्थापक ,नर्स,समाजसेवीहरू जो रात दिन दुर कालिकोटको लागि लागिपर्नु भएको छ भने हामी तमाम युवा जमात,स्थानीयहरूको पनि दायित्व बन्न आऊछ हाम्रै लागि हामी बाटै यो अभियानमा साथ सहयोग गर्ने र एक उचाँईमा पुराएर छोड्ने ।

त्यसैले आऊनुहोस यो महान अभियानमा हातेमालो गर्दै अगाडि बढौँ । डटेर हिड्ने पाईलाहरू नै हुन् जो एक गन्तव्य भेटाएर छोड्छन त्यसैको सुरूवात हामी बाटै गरौँ र आजै गरौँ । हिजोको बिगत सम्झिएर भोलिको भबिष्यका निम्ति आजको वर्तमानसंग डटेर लाग्दै संग संगै हिडौँ यो महाअभियानमा ।

गुनासो, आक्रोश अनि असन्तुष्टीको तुवालो भित्र हराएर अरूमाथि दोष थुपार्नु भन्दा हामी हाम्रै लागि एकजुट भएर हिडौँ । कैयौं आमाहरूले प्राण त्याग्न नपरोस, बच्चाहरू धर्ति टेक्न नपाई ज्यान गुमाऊनु नपरोस, नेपालगन्ज, सुर्खेत काठमान्डौ लग्दा लग्दै कैयौं बाबुहरू सन्तानको मलामि बनेर फर्किने दिन नआओस्, कुपोषण ,रूखा खोकिले अकालमै कसैको ज्याँन नजाओस ,उपचार खर्चका लागि ठुलो ऋणको भारी बोकेर कोहि बिदेशिनु नपरोस,आफ्नै घर आगँनमा अस्पतालले खुशि फर्कियोस यसैका लागि भएपनि आवश्यक छ तपाई हामी मिलेर अगाडि बढ्न। तपाई -हामीले एक छाक नखादा खासै फरक नपर्ला , एकसाझँ पेय पदार्थको सेवन नगर्दा बाँच्न सकिएला, एकदिन रमाईलो नगर्दा खासै फरक नपर्ला तर ति तमाम दिन दुखिहरूको जिबनमा तपाई-हामी सबैको सानो सहयोगले कैयों फरक पार्न सक्छ एक जिवन जिऊने हक अनि अधिकारमा । तपाईहरूको ठाँऊबाट जे जति गर्न सक्नु हुन्छ सबै किसिमको सहयोग भलै त्यो सानो किन होस खुल्ला मन बोकेर आऊनूहोस र सबै मिलेर यो अभियानलाई सफल पारौँ र कर्णालीको परिवर्तनको एक हिस्सा बनौ ।

बिरोध हैन विकल्पको बाटो रोजौ,गुनासो हैन अग्रसरताको अनि आशाको दियो बनौ जस्ले साचिँक्कै मुहार फेर्ने छ हामी सबैको…हाम्रो कर्णालीको ..हाम्रो देशको । आर्थिक सहयोग, सामाग्रि ,औजार तथा उपकरण सहयोग लगाएत सहयोगका लागि सम्पर्क गरिदिनुहोला ।

सहयोगका लागि

खाता वालको नाम : राष्कोट कमुनिटी हस्पिटल ।
खाता न : ००९-०००-०१६८४०१
बैक :सानिमा बैकँ
SWIFT Code : SNMANPKA