विस्थापित भएको ३० महिनामा ‘कार्यविधि पास’, एक महिनामै पुनर्वास गरिने


बाढी६ माघ, सुर्खेत । ०७१ साल साउन अन्तिम साता आएको बाढी पहिरोबाट विस्थापित भएका सुर्खेतका पीडितहरुले भुकम्प पीडितसरह राहत पाउने भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद्को वैठकले सुर्खेतसहित बाँके, बर्दिया, दाङ र सिन्धुपाल्चोकका विस्थापितहरुलाई राहत दिने कार्यविधि पास गरेपछि अव उनीहरुले भुकम्प पीडितसरह राहत पाउने भएका हुन् ।

झण्डै ३० महिनासम्म राहतको आशामा त्रिपालमा कष्टकर जीवन विताउन बाध्य सुर्खेतका बाढी पहिरो विस्थापितहरुले कार्यविधि पास भएको खवरले खुसी भएका छन् । कार्यविधि अनुसार जग्गा भएकाले प्रति परिवार ३ लाख र जग्गा नभएकाले ३ लाख ५० हजार अनुदान रकम पाउनेछन् । समितिले बाढीपहिरोबाट सुर्खेत, बाँके, बर्दिया, दाङ र सिन्धुपाल्चोकका ९ हजार ७३ विस्थापित परिवारलाई २ अर्व ९० करोड १८ लाख ५० हजार रुपैयाँ आवश्यक पर्ने कार्यविधिमा उल्लेख गरेको थियो ।

साभारः पश्चिमनेपाल अनलाइन