जनप्रति निधिको गाडीमा आगजनी


मंसिर २, जुम्ला

दिलमाया शाही ।

हिजो राति १ बजेको समयमा चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । नगरपालिकाको प्राङ्गणमा राखिएको क१झ १ नंको गाडीमा आग्जनी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको हो ।

नगरपालिकाका कार्यालय सहयोगी बिष्णुप्रसाद न्यौपानेले भने आफु सुतेको कोठाको ढोकामा ढकढक हान्दा उठेर बहिर आउदा गाडी आगलागी भएको थाहा पाए

र सबैलाई जानकारी गराएको हुन।आग्लागीको घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास गर्‍यौँ, उनले नगरपालिकाको गेट भन्दा पछाडी बाट आएर आग्लागी भएको हुन सक्ने बताए ।

जुम्ला बजारमा यसरी दिनप्रतिदिन घट्नाहरु बढ्न थालेपछि जुम्ला बासीहरु तर्रार्समा छन। नगरपालिका आसपासका नागरिक प्रहरी , ने्पालि सेनाको सहयोगमा आएर आगो नियन्त्रणमा आएको हो। गाडीको माथिल्लो भाग पुरै जलेको छ । जलेको गाडी रु ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाए । नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन् ।

डिजिटल गाउँपालिकाको रुपमा रहेको उक्त गाउपालिकामा लाखौका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशव राज शर्माले जानकारी दिए । उनका अनुसार गाउँपालिका आगजनी गर्ने प्रयास गरिएको तर सफल नभएको जस्तो छ । केही महत्वपर्ूण्ा कागजातहरु समेत जलाएका छन् उनले बताए ।

यसैगरी गाउँपालिकामा जडान गरिएको सिसी क्यामेरा चुडेर फालिएको छ । घटनास्थलको वास्तविक अवस्था बुझन आफू गुठचौर पुगेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए । यता घटनाको विवरणसहित अनुसन्धान शुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए ।