६ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को दोश्रो चरण तिब्रगतीमा बढे संगै प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
आज सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘
शहरी क्षेत्रका विद्यालय बन्द गरी विकल्पमा अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै १४ जिल्ला काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरिसकेको छ।



Prawash Kumar Shakya । ६ बैशाख २०७८, सोमबार १०:५२ बजे