सुर्खेतको खोर्केखोला किनारमा रहेको बस्ती उच्च जोखिममा


सुर्खेत, २३ साउन । सुर्खेतको वीरेन्द्रनगरस्थित खोर्केखोला छेउछाउमा रहेका बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेका छन् ।

झण्डै पाँच वर्ष अघि आएको बाढिपहिरोले वीरेन्द्रनगरस्थित खोर्के खोला छेउछाउका घरटहरा बगाएको थियो । घरबार बगाएपछि खोर्के खोला छेउछाउका बासिन्दा केहि समय विस्थापित भएपनि पुनः सोहि खोलाको छेउछाउमै फर्किएका छन् । पानी परेपछि पाँच वर्ष पहिला आएको विनाशकारी बाढि आउँछ कि भन्ने त्रासमा रात कटाउने गरेका छन् । उच्च जोखिम भएकाले स्थानिय निकायले तटबन्ध गरिदिने भनेर आश्वासन दिएपनि अहिलेसम्म केहि नभएको स्थानियहरुले बताए ।

वीरेन्द्रनगर–५ स्थित खोर्केखोलाको किनारको बस्तीमा २४ वर्षदेखि बस्दै आएका पदमबहादुर सुनारले सुरक्षीत स्थानमा आफ्नो नाममा केहि नभएकाले खोला छेउमा बस्न बाध्य भएको बताए । उनले खोलाको छेउमा बस्दा जोखिम हुन्छ भन्ने जानकारी भएपनि अन्यत्र बस्नकालागि आफुसंग केहि नभएको बताए । सरकारले तटबन्ध गरिदिने आश्वासन दिएपनि अहिलेसम्म केहि कसैले पनि पहलसमेत नगरेको उनको भनाई छ ।

खोर्के खोला छेउछाउमा बसोबास गरिरहेकी पुर्णा गुरुङले पानी पर्दा विगतको बाढिपहिरोलाई सम्झेर नै रातभरी जागाराम बस्ने गरेको दुखेसो पोखीन् । आर्थिक अवस्था बलियो नभएका कारण खार्केखोला छेउमा बस्नु परेको बाध्यता सुनाउँदै राज्यले आफुहरुलाई बेवास्ता गरेको उनले गुनासो गरिन् । उनले भनिन् ‘पानी पर्दा कतिखेर बाढि आउँछ र बगाउँछ भनि बालबच्चालाई काखमा लिएर रातभरी जागाराम बस्छौँ ।’

सोही बस्तीकी संगीता नेपालीले पनि विगतको बाढिपहिरोलाई अझै भुल्न सकीरहेकी छैनिन् । आर्थिक अवस्था कमजोर भएका कारण खोर्केखोला छेउछाउमा बस्न बाध्य भएको उनी बताउँछिन् । उनले भनिन् ‘पानी पर्दा डर लाग्छ कतै बाढि आउँछ की भनेर तर पनि बस्न बाध्य छौँ ।’

खोला अतिक्रम गरि २४ वर्षदेखि बसोवास गर्दै आएका उनीहरुलाई राज्यले अन्यत्र वस्ने व्यवस्था मिलाउन नसक्दा प्रत्यक वर्ष बाढिको त्रासमा बस्नु परेको छ । बाढिको उच्च जोखिमा रहेका वस्तीहरुलाई अन्यत्र व्यवस्थापन गर्न नसक्दा प्रत्यक वर्षामा खोला छेउछाउमा बसोबास गर्दै आएकाहरुलाई समस्या हुने गरेको छ । खोला किनारमा वसेका बस्तीलाई जोगाउन कुनै पहल नहुनु दुर्भाग्य मन्न सकिन्छ ।

साभारः खबरईरा ।