प्रदेश मन्त्रीपरिषदले आयोगको उपाध्यक्ष र सदस्य तोक्यो


मंसिर ४, सुर्खेत ।

कर्णाली प्रदेश मन्त्रीपरिषद बैठकले प्रदेश योजना आयोगको उपाध्यक्ष र सदस्यलाई मनोनीत गर्ने निर्णय गरेको छ ।

बैठकले कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. पुण्य रेग्मी (दैलेख), सदस्यमा डा.दिपेन्द्र रोकाया (हुम्ला) र योगेन्द्र शाही (दैलेख) लाई मनोनित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिनुभएको छ ।