सुर्खेत-दैलेख खण्ड अन्तरगर्त वीरेन्द्रनगरको कपासे नजिक आज बस दुर्घटना भएको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको ना ४ ख ४३९९ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा ७ जनाको अवस्था समान्य घाईते भएका र कालभैरव दैलेखका नर बहादुर पाण्डेको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरी निरिक्षक हर्क रावलले जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । २४ कार्तिक २०७३, बुधबार १३:४६ बजे