सरकार जनचाहाना बिपरित


मंसिर ५, सुर्खेत ।

विप्लब नेतृत्वको नेकपाका नेताहरुले सरकारले जनचाहना विपरीत कार्य गरेको भन्दै कम्युनिष्ट नामको सरकार गठन भएपछि देश झन् गम्भीर संकटतीर धकेलिएको आरोप लगाएकाछन् । नेताहरुले विदेशी हस्तक्षेप बढेको भन्दै देशलाई कंगाल बनाउने खेल भइरहेको जिकिर गरे ।

नेकपा सुर्खेतले आयोजना गरेको देशको संकटपूर्ण अवस्था र राजनीतिक विषयक अन्तरक्रियामा बोल्द सुर्खेत जिल्ला ईन्चार्ज ध्रुबले कम्युनिष्ट भनिएको सरकारको गठनपछि मंँगी, भ्रष्टाचार, बलात्कारको सिमा खुला भएको भन्दै सरकार फासिवादी बन्दै गएको आरोप लगाए । संविधानले दिएको भेला हुने पाउने, संङ्गठित हुन पाउने, विरोध तथा जुलुस गर्न पाउनेलगायतका कानूनी अधिकार पनि उपयोग गर्न नदिएको उनको आरोप छ । नेकपा प्रति गरेको गिरफ्तारी, धरपकड र यातना प्रति आक्रोश ब्यक्त गर्दै इन्चार्जले अबको विकल्प नेकपाले अघि सारेको बैज्ञानिक समाजवादी ब्यवस्था स्थापना गर्न एकिकृत जनक्रान्तिको बिकल्प भएको औंल्याए ।

कार्यक्रममा नेकपाका संस्थापक लिलाधर गौतम, खडानन्द लामिछाने लगायतको बक्ताहरुले कम्यूनिष्ट नामको यो सरकार इतिहासमै असफल भएको टिप्पणि गरेका थिए ।