कोरोनाको छैठौं संक्रमित भेटिए


२० चैत्र, काठमाडौं । कोरोनाको त्रासमा रहेका हामी नेपालीहरुका माझ अर्को १ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण भेटिएको पुष्टि गर्नुभएको हो ।

नयाँ भेटिएका संक्रमित यही चैत्र ४ गते दोहाबाट दोस्रो संक्रमित युवतीसँगै आएको पाइएको बताइएको छ । नयाँ संक्रमित व्यक्ति कहाँका हुन् र कहाँ उपचाररत छन् भन्नेबारेमा भने मन्त्रालयले केही बताएको छैन ।