मध्य रातमा आगलागी (अपडेट)


मिलन श्रेष्ठ
मंसिर,११ सुर्खेत । कर्णाली प्रदेशको राजधानी स्थीत वडा न.९ अन्तर्गत लाटीकोईलीको खेतमा राखिएको धानको कुन्नियोनमा आगलागी भएको छ । मध्यराती उक्त आगो कसले र किन लगाएको हो एकिन हुन नसकेको स्थानिय महेन्द्र चौधरीले जानकारी दिए ।
चौधारीका अनुशार सबै जना सुतिरहेको अवस्थामा एक्कासी उज्यालो प्रकाश आएपछि आफूले पनि के रहेछ भनेर उठेको खेतमा राखिएको धानको कुन्नियोमा आगो बली रहेको देखेपछि स्थानियहरुको सक्रियता आगो लाई नियन्त्रणमा ल्याउने ठुलो प्रयास भएको तर उक्त आगोलाई नियन्त्रण लिन नसकिएता पनि स्थानियहरुको सक्रिता र सहयोगमा नजिकैमा रहेका अन्य धानको कुन्नियोहरु जोगाउन सफल भयौ जसले गर्दा ठूलो क्षति हुनबाट जोगियो । क्षतिको एकिन आउन बाकिं रहेको छ भने समाचार तयार पार्दा सम्म आगो नियन्त्रण बाहिर रहेको छ