जीप दुर्घटनामा परि चार जनाको निधन


मंसिर १२, दैलेख ।

कर्णाली प्रदेशको दैलेख जिल्लामा भएको जिप दुर्घटनामा निधन हुनेको संख्या चार पुगेको छ ।

दैलेखको ठाँटिचौर गाउँपालिका–३ वाहाकोटमा भे १ च २२०७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका लागि दुल्लु अस्पताल लैजाँदै गर्दा निधन भएको हो प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परी निधन हुनेमा राजबहादुर शाही, निर्मल बम र जिप चालक रमेश शाही रहेका छन् भने एकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुने अन्य चार जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।