माघ २९, सुर्खेत ।
सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाले तिन वटै तहका सरकारहरु नागरिक प्रति जवाफदेही हुनुपर्ने सुझाव दिनुभएको छ । नागरिकहरुका इच्छा र चाहाना बिरुद्ध सरकारका गतिबिधिहरु सञ्चालन हुनुहुँदैन भन्दै उहाँले पछिल्लो चरणमा अभिब्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने खालका कानूनहरु सरकार निर्माण गर्न लागेकोमा चिन्ता पनि ब्यक्त गर्नुभयो ।
विश्व रेडियो दिवसको अबसर पारेर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फाल्गुण १ र २ गते सञ्चालन हुने सामुदायिक रेडियोको राष्ट्रिय सम्मेलनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खतिवडाले सामुदायिक रेडियोले हाँसील गरेका उपलब्धि एबम् कर्णाली प्रदेशका चुनौति र रेडियोको भावी बाटोका बिषयमा छलफल गरिने जानकारी दिनुभयो । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारले नागरिकहरुको अभिब्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै यसको चिरफारका लागि पनि सम्मेलन सफल हुने विस्वास गर्नुभयो ।
देशभरीका ३ सय बढि रेडियोकर्मीहरुको सहभागिता हुने सम्मेलन तथा १४ औं बार्षिक साधारण सभाले कर्णालीको सभ्यता, कला, सँस्कृतिको गौरवपूर्ण इतिहाँसलाई बचाई राख्न पनि भूमिका खेल्ने भन्दै सामुदायिक रेडियो बिरोधी नीति, नियम र कानूनहरुको बिरोध गर्दै आगामी रणनीतिहरु तय गरिने पनि जानकारी दिनुभयो ।



Milan Shrestha । २९ माघ २०७५, मंगलवार १८:२२ बजे