
१४ मंसिर, दैलेख । दैलेख जिल्लाको महाबुमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको महाबु गाउँपालिका वडा नम्बर ४ स्थित मुखियाडाँडामा ट्रयाक्टर अनियन्त्रित भर्इ दुर्घटना हुँदा ट्रयाक्टर मालिक गगन पाण्डेको घटनास्थलमै ज्यान गएको छ ।
बिहिबार साँझ गोर्खा वयलफेयर स्किमको आयोजनामा संचालित खानेपानी निर्माणको सामान ढुवानीको लागि नारायण नगरपालिकाबाट गाउँपालिकाको वडा नम्बर ४ काप्रिखोला लिदैँ गरेको भे १ त ६४२० नम्बरको ट्याक्टर मुखियाडाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टरका मालिक अन्दाजि ४९ बर्षिय गगन पाण्डेको निधन भएको छ भने ट्याक्टर चालक झलक हमाल घाइते भएका छन् । घाइते हमाललार्इ उपचारका लागि शिक्षण अस्पताल नेपालगन्ज लगिएको प्रहरि चौकी गैडाबाजले जनाएको छ ।
मृतक पाण्डे गैडाबाज माध्यामिक विद्यालय गैडाबाजमा कार्यरत शिक्षक एंव व्यावसायि हुन् ।
साभारः ढुल्लु खबर ।



Milan Shrestha । १४ मंसिर २०७५, शुक्रबार १५:११ बजे