साम्ले थैलाका कारण इमान्दार कार्यकर्ताहरु मर्कामा–संस्थापक थापा


मंसिर १८, सुर्खेत ।

नेकपाको प्रदेश कमिटि निर्माण भएसँगै मिश्रित प्रतिक्रियाहरु आउन थालेकाछन् । प्रदेश कमिटिमा पर्नु पर्ने नेताहरुलाई छुटाएर नेतृत्वले आआफ्ना गुटका नेताहरुलाई कमिटिमा लिएको प्रति सर्बत्र बिरोध हुन थालेको छ । कर्णाली प्रदेश कमिटिमा समेटिनु पर्ने ब्यक्तिहरु नपरेको भन्दै नेकपा एमाले कालीकोटका संस्थापक राजेन्द्र थापाले इमान्दार कार्यकर्ताहरु अन्यायमा परेको गुनासो गर्नुभएको छ ।

२०४७ साल बैसाख ३ गते कालीकोटमा निर्माण भएको पहिलो कमिटिमा सदस्य हुँदै कार्यालय सचिव हुँदै ०६७ सम्म जिल्ला कमिटि सचिव, उपसचिव, कार्यालय सचिवको भूमिका निर्बाह गर्दै हाल सम्म पार्टीको हितमा लागिरहँदा पनि प्रदेश कमिटिमा नसमेटिनु अन्याय भएको थापाको धारणा छ । कालीकोटमा पार्टी भन्दा बिद्यार्थी संगठन पहिले स्थापना भएको हो, नयरुप धमालाको अध्यक्षतामा बिद्यार्थी संगठन निर्माण भएको करिब १ बर्ष पछि पार्टी स्थापना भयो । यो अबधि देखि क्रियाशिल भएका नेताहरुलाई ज्यूँदै मार्ने अधिकार नेतृत्वलाई कसरी आयो थापाको तर्क छ ।

प्रदेश इन्चार्ज जनार्दन शर्मा र सहइन्चार्ज यामलाल कँडेल सहितको कार्यदलले तत्कालीन नेकपा मालेको कालीकोटको संथापक भएकाले प्रदेश कमिटिमा गरेको सिफारीसको उलंघन गर्दै यति लामो समय सम्म पार्टीको हितमा गरेको त्याग, तपस्या र बलिदानीको अबमुल्यन किन गरियो थापाले प्रश्न गर्नुभयो ।

मैले सदस्यता दिएकाहरुलाई पटक पटक लाभको पद दिने, कि मेरो क्रियाशिलतामा प्रश्न उठाउनु पर्यो, कि मेरो योगदानको कदर गर्नु पर्यो, गुट उपगुटको आधारमा इमान्दार र कर्तब्यनिष्ट कार्यकर्ताहरुलाई पाखा लगाउने काम राम्रो होइन ।

म सामाजिक न्यायको लागि कम्यूनिष्ट पार्टीमा आबद्ध भएको हुँ, एनजीओ आइनजीओले पार्टी सञ्चालन गर्ने या इमान्दार नेता, कार्यकर्ताले पार्टी सञ्चालन गर्ने म रनभुल्लमा परेको छु थापाले आक्रोशित हुँदै गुनासो ब्यक्त गर्नुभयो ।

नेताहरुका साम्ले थैलाका कारण इमान्दार नेता कार्यकर्ताहरु मर्कामा पर्दै जाने हो र यसमा अझै नेतृत्वको ध्यान नजाने हो भने पार्टी नै धरापमा पर्छकी भन्ने मलाई चिन्ता छ, थापाले भन्नुभयो नेताहरुको वरीपोरी घुम्ने, आबस्यक सामलतुमलको ब्यबस्था गर्ने, संगठन भनेको के हो ? संगठन कसरि निर्माण गर्ने सम्म थाहा नपाएकालाई चम्चे प्रबृतिका आधारमा अवसर दिने हो भने कम्यूनिष्ट पार्टी बाँचीरहन्छ या सकिन्छ थापाले चिन्ता ब्यक्त गर्नुभयो ।

प्रदेश कमिटिमा परेकाहरुको नाम पनि रातारात परिबर्तन गर्नु र नयाँ थप्नु यो पनि कम्युनिष्ट पार्टीको पद्धति भित्र पर्छ उहाँकोले थप प्रश्न गर्नुभयो ।