
मंसिर १९, कालीकोट ।
कालीकोट जिल्लाको पलाँता गाउँपालिकालाई पुर्ण सरसफाई उन्मुख पालिका घोषणा गर्न दोस्रो पटक १० बुदे प्रतिबद्धता सहित जलकचहरी कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले खानेपानी सरसफाई र स्वच्छताका क्षेत्रमा रहेका समस्याहरुको खोजी गरी समाधान गर्ने उदेश्यले बर्षमा दुई पटक जलकचहरी कार्यक्रम संचालन गर्ने गरेको छ ।
जलकचहरीमा स्थानीय जनप्रतीनिधि, कर्मचारी, खानेपानी सरसफाई र स्वच्छता क्षेत्रमा कार्यरत संघ संस्था र स्थानीयको सहभागीतामा जलकचहरी कार्यक्रम भएको हो । पलाँता गाउँपालिकाले २०७४ को चैत्र ४ गते खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा सुधार गर्न ७ बुदे प्रतिबद्धता गरेको थियो ।
के छ त प्रतिबद्धता पत्रमा
१. खानेपानी तथा सरसफाई प्रर्वद्धनका सवालमा गाउँपालिकाले कम्तिमा बर्षमा २ पटक जलकचहरी गर्न प्रतिवद्ध छौं ।
२. किर्डाक नेपाल÷वाटरएडको सहयोग एंव सहजीकरणमा पलाँता गाउँपालिकाको एकीकृत उत्थानशिल खानेपानी सरसफाई तथा स्वच्छता रणनैतिक योजना २०७५ भित्र निर्माण गरी कार्यान्वयन गर्न गाउँपालिका प्रतिवद्ध छ ।
३.पलाँता गाउँपालिकाको खानेपानी तथा सरसफाइको अवस्थामा उल्लेख्य सुधार ल्याउन खानेपानी तथा सरसफाइ क्षेत्रमा पुजीगत बार्षिक बजेटको न्यूनतम २० प्रतिशत बजेट बिनियोजन गरिरहेको सन्र्दभमा दिगो खानेपानी तथा सरसफाइ, बिपद् जोखिम न्युनीकरण र जलवायु अनूकूलनका नीति तथा कार्यक्रम तर्जुमा तथा प्रभावकारी कार्यान्वयन गर्न प्रतिवद्ध छौं ।
४. उत्थानशील खानेपानी सरसफाइ तथा स्वच्छता प्रर्वद्धनमा टेवा पु¥याउन खानेपानी उपभोक्ता समितिहरुमा सिमान्तकृत, पछाडी पारिएको समुदाय, दलित, महिला (महिला कम्तिमा ३३ प्रतिशत) तथा अपांग भएका ब्यक्तिहरुको अर्थ पूर्ण सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध छौं ।
५. पलाँता गाउँपालिका भित्र संचालन भइरहेका खानेपानी आयोजनाको लागत संकलन गरी गाउँपालिकामा सूचीकृत गरी अनिर्वाय मर्मत सम्भार कोष, हेरालो तथा मर्मत सम्भार कार्यकर्ता उत्पादन गर्ने र पलाँता गाउँपालिकाको नीति अनुसार एक घर एक धारो, मिटर प्रणालीको ब्यवस्थापन, विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता र सुरक्षित खानेपानी उपलब्ध गराउदै आगामी ३ वर्ष भित्र पूर्ण सरसफाइ उन्मुख गाउँपालिका बनाउन प्रतिबद्ध छौं ।
६. गाउँपालिका भित्रका सबै खानेपानी तथा सरसफाइ उपभोक्ताको क्षमता बृद्धि गर्दै, गाउँपालिका स्तरीय खानेपानी उपभोक्ता महासंघको संजाल गठन भइ क्रियाशील भएकोले आवश्यक क्षमता बृद्धिमा सहयोग गर्न प्रतिबद्ध छौं ।
७. गाउँपालिका अन्र्तगतका सबै सरकारी, गैह् सरकारी तथा अर्ध सरकारी कार्यालय वा संस्थामा कार्यरत सबै ब्यक्तिलाई अनिवार्य रुपमा मोडल शौचालय निर्माणसहित पूर्ण सरसफाईका सूचक पुरा गराउन यसै आर्थिक वर्ष भित्र गाउपालिकाले अनुगमन गरी निर्माण गर्न गराउन सहजीकरण गर्नेछ ।
८ गाउँपालिकामा दिगो एंव सुरक्षित खानेपानी सरसफाइ तथा स्वच्छता सबैका लागि सधैका लागि र प्रयाप्त मात्राको अभियान पुरा गर्न सबै निकाय तथा संघ संस्थालाई गाउँपालिकाको योजनाअनुसार एकद्धार प्रणाली मार्फत सबै वडामा सेवा पुर्याउन गाउपालिका प्रतिबद्ध छ ।
९. गाउपालिकाको मुख्य बजार तथा गाउवस्तीमा आवश्यक ढल निकासको लागि पहल गरिने छ ।
१०. पलाँताका सबै वडाहरुमा वडा अध्यक्षको अध्यक्षतामा रहने गरी यसै बर्ष भित्र वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरी समिति मार्फत सबै कार्यहरु गर्न गराउन गाउँपालिका प्रतिबद्ध छ ।



Milan Shrestha । १९ मंसिर २०७५, बुधबार ०८:०४ बजे