मुलुकले सहकारीबाट लिएको अपेक्षा पूरा भएनः विसी


२१ भाद्र, सुर्खेत । वीरेन्द्रनगर ६ सुर्खेतमा रहेको संगत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आज प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत विसीले  सहकारीबाट जुन किसिमको मुलकले एउटा अपेक्षा लिएको छ त्यो अपेक्षा अहिले बल्ग्रेती खुलेका सहकारीको जमातले पूरा हुने सम्भावना नदेखिएको बताउनुभयो । उहाँले भन्नुभयो नाम मात्रैका खुलेका सहकारीहरुका कारणले दिर्घकालिन योजना बोकेका सहकारीहरुलाई समेत काम गर्न गाह्रो बनाएको छ ।

संस्थाले अघि सारेको शिक्षा योजनालाई उत्पादनमुखी शिक्षा योजना बनाउन अध्यक्ष बिसीले आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा यूवा व्यावसायी जनक सिंहले संगत सहकारीले समान लगानी र समान सहभागीतालाई अंगालेकाले मानिसहरुलाई जीवन जीउने पद्धती पनि सिकाउँदै आएको बताउनुभयो ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष उदय महतराले संस्थाका सदस्यहरुलाई कृषिमा सदस्यका बालबालिकाहरुलाई शिक्षालाई अगाडी बढाउँदै दक्ष जनशक्ति उत्पादन गर्ने तर्फ संस्थाको लक्ष्यरहेको बताउनुभयो ।

प्रेमप्रकाश चन्दले सहजीकरण गर्नुभएको कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका ६ नं. वडाका अध्यक्ष मोतीप्रसाद कँडेल, सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावत तथा होटल व्यावसायी संघका अध्यक्ष गोरखबहादुर रावतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।