कसरी हुन्छ मालपोतमा सेवा प्रवाह



मंसिर २६, सुर्खेत ।

प्रायजसो जिल्ला मालपोत कार्यालयहरुमा प्रभावकारी सेवा पाइदैन भन्ने जन गुनासाहरु निरन्तर आइनै रहन्छन् । यो गुनासोबाट जिल्ला मालपोत कार्यालय सुर्खेत अछुतो हुने कुरै भएन ।
बिहान ७ बजेदेखि नै त्यहाँ कार्यरत कर्मचारीहरु र बिचौलियाहरु बिच दिनभरिको कामको सेटिङ्ग मिलाउने गरिन्छ, यसका कारण सेवा प्रभावकारी हुँदैन । एक जना सेवाग्राही दिपेन्द्र बिष्टले जिल्ला मालपोत कार्यालय सुर्खेतका समस्या र समाधानका सजिला उपायहरु दिनुभएकोछ । यि समस्या र समाधानका उपायहरुमा सम्बन्धित निकाय र सेवा प्रबाह गर्नेहरुको ध्यान जान्छ कि बिचार गरौं है ।
समस्या १,
मौजुद सेवा प्रवाहको तौर तरिकामा परिवर्तन गर्नुपर्छ भन्ने ईच्छा शक्तिको कमी
समस्या २,
भएको सेवा सुविधालाई समानुपातिक वितरणमा कमी र कमजोरी
समस्या ३,
दोहोरो प्रणाली (न पुरै अनलाईन, न पुरै कागजी) कागजका ढड्डा पनि पल्टाउनै पर्ने, कम्प्युटर प्रविष्टी पनि गर्नुपर्ने, कुनै एक शाखामा लाइनमा बसेर पालो आएर काम सकेर अर्को शाखामा जाँदा त्यताको ढड्डा अर्को शाखामा अर्कै सेवाग्राहीले आफ्नो काममा लिई लाइनमा बसेकोले फेरी पालो कुर्नुपर्ने, राजश्वको लागि बिल काट्ने ठाउँहरु पनि फरक फरक
समस्या ४,
टोकन दिने प्रणाली र यसको कार्यान्वयन (एकदिन भरी दर्ता भएका कुनै कनै विषयका निवेदनमा टोकन दिइन्छ तर एकै दिनका ५० औं निवेदनहरुको पालो अघिपछि के हुने मतलब छैन)
समस्या ५,
सबै काम पालैपालो गरेको भनिन्छ तर बिचौलियाहरु र कर्मचारीहरुको मिलिमतोका कारण बिचौलियाहरुको निर्वाध प्रवेश हुन्छ र आफ्ना निवेदनहरु अघि सारिन्छ, फलस्वरुप सर्वसाधारणहरुको पालो ढिलो आउँछ र पछिका तर बिचौलियाहरुका कामहरु अगाडी हुन्छन् । यसलाई निष्पक्ष गर्नको लागि मालपोतका कर्मचारी राजी हुने संभावना छैन । कारण आफै बुझ्नुहोस् । कर्मचारीहरुले स्पष्टीकरण दिन चाँही जानेका छन् “कर्मचारी कम छन्, सिस्टम नयाँ छ, सेवाग्राही धेरै छन् त्यसैले यस्तो भयो ।“
समस्या ६,
दक्ष जनशक्ती एवम् प्रयाप्त पूर्वाधार (-Hardware, Software) को कमि
समाधान १,
ईमान्दारी पूर्वक सबैको निवेदनमा दर्ता भएको मिति र समय लेख्ने, निष्पक्ष रुपमा लाइनमा राख्ने । यसो भयो भने सेवाग्राहीलाई विश्वास हुन्छ र पालैपालो सँग मेरो काम हुन्छ भन्ने भावना जागृत हुन्छ र झ्यालमा किर्ना झुम्मिए जस्तो हुँदैन्, बरु घाम तापेरै पालो कुर्छन् ।
समाधान २,
कामको प्रक्रिया एवम् अन्य सेवाग्राहीका समस्या समाधानको लागि सोधपुछ कक्ष राख्ने
समाधान ३,
काममा हुने दोहोरोपनालाई हटाउने
अपसोच यति सामान्य समाधान छ तर कर्मचारी यसो गर्न रुचाउँदैनन । उनीहरु भीडभाडमै काम गर्न रुचाउछन् । किनकी यसो भयो भने निहित स्वार्थ भएका समूहको काम छरितो गराउन पाइदैन र आफ्नो निहित स्वार्थ पनि पुरा हुँदैन ।
यो सबैलाई थाहा छ तर कसैले केही गर्नेवाला छैनन् । अझै यस्तै चलिरहन्छ निरन्तर…।