वडाको विपद कोषमा शिवविहार सहकारीको सहयोग रकम


२८ चैत्र, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को महामारी नियन्त्रण तथा रोकथामकालागि शिवविहार बचत तथा ऋण सहकारीले वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

शिवविहार सहकारीले ९ नं वडा कार्यालयले वडाले स्थापना गरेको विपद तथा जोखिम व्यवस्थापन कोषकालागि आज ५० हजार रकम सहयोग गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै सहकारी अध्यक्ष कुमार श्रेष्ठले ९ नं वडाका वडा अध्यक्ष सुरेश मानन्धरलाई हस्तान्तरण गर्नुभएको छ ।

हामीले आफ्नै वडालाई प्राथमिकतामा राखेर वडाले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गरेका हौं । यो हाम्रो सानो सहयोगले वडाको विपद कोषमा केही मद्दत गर्नेछ भन्ने हामीले विश्वास लिएकाछौं । सहकारीका सचिव बालकृष्ण श्रेष्ठले बताउनुभयो ।