अभद्र ब्यबहार नगर्न गाउँपालिका अध्यक्ष साउदको आग्रह


पौष ६, अछाम ।

अछाम जिल्लाको चौरपाटी गाउँपालिकामा गरिएको तालाबन्दिका विषयमा चौरपाटी गाउँपालिकाले पत्रकार सम्मेलन बिना कारण तालाबन्दि गरिएको बताएको छ । सम्मेलनमा कुनै पनि लिखित तथा मौखीक माग नै नराखी गाउँपालिकामा केही ब्यक्तिले अराजक र गुण्डागर्दी शैलीमा तालाबन्दि गरेको जानकारी दिएको हो ।

नेपाल बिद्यार्थी संघका केही अराजक ब्यक्तिहरुरले निराधार रुपमा कर्मचारी छनौट प्रक्रियामा असहमती जनाएर ताला लगाईनु आपत्तिजनक विषय भएको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउद सम्मेलनमा बताउनु भयो । ल्याव र अहेवका लागि कार्तिक २२ गते बिज्ञापन आह्वान गरि गाउँपालिकाको नीति र कार्यबिधि अनुरुप नै कर्मचारी छनौट भएको अवस्थामा त्यही विषयलाई लिएर केही ब्यक्तिले अराजकता प्रर्दशन गरेको अध्यक्ष साउदको भनाइछ ।

आफुले पटक पटक समस्या समाधानका लागि सल्लाह गरौं भनि गरेको आग्रहको बेवास्ता गर्दै तालाबन्दि गर्न र अभद्र ब्यबहार प्रदर्शन गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष आन्दोलन गर्ने पक्षले भनेजस्तो गाउँपालिकामा कुनै पनि कार्य नभएको भन्दै नीति बिधी संगत र कानुनी प्रावधान पुरा गराएरै कर्मचारी छनौट गरिएको दाबि समेत गर्नुभयो । अनाहकमा लगाइएको आरोप बमोजिम गाउँपालिकाले कमजोरी गरेको भए त्यसको छानबिन गरि कार्बाही गर्न र सत्य तथ्य समाचार सम्प्रेषण गर्न पनि पत्रकारलाई अध्यक्ष साउदले आग्रह गर्नुभयो ।

गाउँपालिकामा तालाबन्दी गरिएको विषयमा कसले के बोल्यो र कसले के लेख्यो भन्नेमा आफ्नो सरोकार नरहेको भन्दै अध्यक्ष साउदले सत्य तथ्य बुझेर मात्रै समाचार बाहीर ल्याँउन उहाँले आग्रह गर्नुभयो ।