
पुस ७, सुर्खेत । मोटरसाइकलले पछाडीबाट ठक्कर दिँदा सगरमाथा टेलिभिजनका सुर्खेत व्यूरो प्रमुख डिलबहादुर खत्री घाइते भएका छन् । शनिबार साँझ जुम्लारोडको एरीचोक अगाडि समावेशी मोडमा भे ६प– २९९१ नम्वरको मोटरसाईकल सवार दिपेन्द्र रोकायले बाटोमा उभ्याई राखेको भे ३प १९८९ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा पत्रकार खत्री घाइते भएका हुन् । दुर्घटनामा दुबै मोटरसाइकल सवार घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले बताएको छ । घाइते दिपेन्द्र रोकायको सुर्खेत अस्पतालमा र पत्रकार खत्रीको देउती नर्सिङ्ग होममा उपचार भईरहेको घटना स्थलमा रहेका ट्राफिक जवान भीमबहादुर थापाले जानकारी दिए । उनका अनुसार दुर्घटनाग्रस्त दुबै मोटरसाइकल प्रहरी नियन्त्रणमा छ भने घाइते दुबै जनाको अवस्था सामान्य रहेको छ ।
पत्रकारलाई पछाडिबाट मोटरसाइकलले ठक्कर हान्ने दिपेन्द्र रोकायले दुर्घटना कसरी भयो भन्ने आफुलाई कुनै जानकारी नभएको बताए । यता पत्रकार खत्रीले भने उभ्याई राखेको मोटरसाइकललाई पछाडीबाट प्रहार गर्नुलाई सुनियोजित हमला भएको आशंका व्यक्त गरे । प्रत्यक्षदर्शीका अनुसार तीव्रगतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।



Milan Shrestha । ७ पुष २०७५, शनिबार २१:१४ बजे