लहर र रहरले मात्र सहकारी चल्दैनः मन्त्री प्रकाश ज्वाला


 

पुस,१२ सुर्खेत । लहर र रहरले मात्र सहकारी नचल्ने एक कार्यक्रमका प्रमुख अथिती एवंम् आर्थिक मामिला तथा योजना मन्त्रि प्रकाश ज्वालाले उक्त कुरामा जोड दिनु भएको छ ।

जनहिकारी बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतले आफ्नो २० औं स्थापना दिवसको अवसरमा बिहिबार(आज) आयोजना गरेको सहकारीहरु बिच सहकारी ऐन २०७४ र कर सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा मन्त्री ज्वालाले उक्त कुरा औल्याउनु भएको हो ।

कार्यक्रममा बोल्दै मन्त्रि ज्वालाले सहकारी ऐन २०७४ लागु भए पश्चात पहिलाको जस्तै गरी लहरै लहरमा लागेर सहकारी संचालन गर्न सजिलो नरहेको बताउनु भयो, उहांका अनुसार नेपालको इतिहासमा संसदमा सबै भन्दा धेरै पटक संसोधन भएको र संसोधनमा परेको विधेयक नै सहकारी ऐन हो । सहकारीका सदस्यहरुको हितमा ऐन बनाउदा सहकारी संस्था धरापमा पर्ने र सहकारीले आफ्नो हितमा हुने ऐन बनाएमा सदस्यहरु प्रत्यक्ष मर्कामा पर्ने भएको हुदा, नेपालको भौगोलीक र सांस्कृतिक परिवेश अनुसार ऐन बनाउदा ज्यादै कठिनाई परेको थियो तर हामिले सबैलाई सुहाउने सहकारी ऐन ल्यायौ । अब जारी भएको सहकारी ऐनले पहिलाको जस्तो सहकारी खोल्ने नाममा सर्वसाधारणलाई ठग्ने कार्य बन्द भएको छ ।

यसै गरी मन्त्रि ज्वालाले, केन्द्रिय स्तरमा ऐन बनाउने कार्य भएता पनि हाल सम्म संघिय र प्रदेश स्तरीय ऐन तयार नभई सकेता पनि आफूहरु उक्त कार्यमा लागीरहेको हुदा सम्पूर्ण सहकारीकर्मिहरुलाई उक्त ऐन बनाउनमा आ–आफ्नो स्थानबाट आवश्यक सहोग गर्न पनि अपिल गर्नु भयो ।

राष्ट्रिय सहकारी बैंकका संचालन एवंम् जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीको सभापतित्वमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा, कार्यक्रमका बिशेष अथिती सहकारी महासंघका केन्द्रिय संचालक पदम दाहाल, अतिथीहरु जिल्ला सहकारी संघका सदस्य वीरबहादुर रावत, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण भण्डारी, कृषि सहकारी संघका अध्यक्ष पञ्चकला रावल, राष्ट्रिय सहकारी बैंक शाखा सुर्खेत संयोजक आशुराम सोमै लगाएतले स्थापना दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

जनहितकारी बचत तथा ऋण सहकारी संस्थाका सचिव यामराज गिरीले सहजीकरण गर्नु भएको अभिमुखिकरण कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविधालयका प्रध्यापक एवंम् अधिवक्ता नारायणनाथ योगीले सहकारी ऐन २०७४मा व्यवस्था गरिएका कसुर र उक्त कसुर उपर हुने दण्ड, सजाएका बारेमा प्रस्तुती गर्नु भएको थियो भने आन्तरिक राजश्व कार्यालय सुर्खेतका प्रतिनिधिले नेपाल सरकारले सहकारीका लागी व्यवस्था गरिएको कर व्यस्थापनका बारेमा जानकारी दिनु भएको थियो ।

आज सम्पन्न अभिमुखिकरण कार्यक्रममा सुर्खेत जिल्लाका विभिन्न बिषयगत सहकारी संस्थाका प्रमुख, संचालक र व्यवस्थापकहरु गरी ३०० जना भन्दा बढीको उपस्थित रहेको थियो ।