नासु तहको वडा स्तरीय निःशुल्क तयारी कक्षा शुरु


२१ पौष, सुर्खेत । वीरेन्द्रनगर कार्यपालीका वडा नं. ०९को कार्यालयको आयोजना तथा सुर्खेत कम्प्युटर इन्ष्टिच्यूट, कोचिङ्ग सेन्टर प्रा.लि. सुर्खेतको समन्वयनमा यसबर्षपनि लोकसेवा आयोग तयारी कक्षा शुरु भएको छ ।

वडा नं ९ मा रहेका यूवाहरुकालागि ना.सु. तहको वडा स्तरिय निशुल्क लोक सेवा तयारी कक्षा संचालन भएको हो ।

वडा नं.०९ मा रहेका ३१ वटा टोल विकास संस्थाबाट १/१ जना सहभागीहरुलाई सहभागिता गराएर तयारी कक्षाको यसपटकपनि सञ्चालन गरिएको वडा अध्यक्ष सुरेश मानन्धर बताउनुभयो  उहाँले भन्नुभयो सरकारी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको लक्ष्य उद्देश्य एवं उज्ववल भविष्य बनाउनकालागि वडाले यो कार्यक्रम यसपटक फेरी आयोजना गरिएकोले सम्पूर्ण विद्यार्थीहरुलाई म तन मन दिएर तयारी कक्षामा अध्ययन गर्न आग्रह गर्दछु ।

कार्यक्रमको सहजीकरण भवी गिरिले गर्नुभएको थियो ।