
१८ मंसीर, सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले सवारी दुर्घटना न्यूनीकरण गर्नकालागि विभिन्न कार्यक्रम शुरु गरिरहेको पाइएको छ ।
आजविहान प्रदेश भित्रिने नाका वीरेन्द्रनगरको सुब्बाकुनामा प्रहरीको सहयोगमा ट्राफिक प्रहरीले सवारी साधनमा अनावश्यकरुपमा टासिएका स्टीकर तथा झालरहरु निकाल्न शुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक उपेन्द्र प्रसाद आचार्यले दुर्घटना न्यूनीकरणकालागि चालकहरुलाई सचेतना तथा सवारीमा अनावश्यकरुपमा टासिएका विषेश गरेर गाडीको सिसामा टासिएका स्टीकर झालरहरु निकाल्न शुरु गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ । सर्वप्रथम त हामी चालकलाई सम्झाइबुझाइ गरेर नै यो कामको शुरुवात गर्दै छौ । त्यस्तै ४ लेनको सडकको ठूलो चोक भएको ठाउँमा पनि हामी आवश्यकता अनुसार डिभाइडर राख्दै छौं यस्ले पक्कैपनि दुर्घटनालाई न्यूनीकरण गर्न सकिन्छ भन्ने लागेको छ । यस्कालागि सबैलाई सहयोग र सल्लाह सुझावदिन म अनुरोध गर्दछु ।



Prawash Kumar Shakya । १८ मंसिर २०७७, बिहीबार १७:३३ बजे