प्रेमराज सिम्खडा, कालिकोट ।
मुगुको राराताल घुम्नका लागि पदयात्रामा जाने पर्यटकले प्रयोग गरेका प्लाष्टिकजन्य फोहोरहरु जथाभावी फालेर ट्रेकिङ रुट फोहोर भएको भन्ने खबर अहिले जहितही सुनिन्छ ।
हुन पनि हो, पदयात्रामा जाने पर्यटकले प्रयोग गरेका सामानहरु उतै फालिन्छन । उचित व्यवस्थापन नहुँदा रुट विग्रिएको छ ।
त्यसैलाई ख्याल गर्दै एउटा ट्राभल कम्पनी र कालिकोटमा रहेकधो होटल हल्सिाईडले रारा ताल घुम्न जाने पर्यटकलाई लक्षित गरी त्यस क्षेत्रमा पर्ने रुट सफा गर्ने अभियान थालेको छ ।
सोमवार कर्णाली प्रदेश सरकारका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नन्दसिहं वुढाले रारा सरसफाई अभियानको उद्दघाटन गर्नु भएको हो । मन्त्री वुढाले निजि क्षेत्रले देखाएको चासोलाई प्रदेश सरकारले महत्व दिने प्रतिवद्धता समेत गर्नु भयो । अव निजि क्षेत्रले दुख गर्नु नपर्ने भन्दै रारा सरसफाईका लागि आफुले मन्त्री प्ररिषदमा नै निर्णय गराएर ब्यवस्थापन गरिने वताउनुभयो ।
सरसफाई अभियानका नेपाल पर्यटन पत्रकार महाँसंघ कालिकोटले पनि समन्वय गरेको छ । कालिकोट वाट पत्रकारहरुको टिम सहभागी भएर सरसफाई अभियानमा लागेको हो ।
नेपाल पर्यटन पत्रकार महाँसंघ कालिकोटका अध्यक्ष प्रेमराज सिम्खाडाले वातावरण सन्तुलान राख्न र रारा जाने वाटो सरसफाई गर्नका लागि आफ्नो संगठनले पनि पुर्ण रुपमा सहयोग गरेको वताउनुभयो । सरसफाई अभियानमा आर्ट समिटका सञ्चालक सोम बहादुर तामाङले पर्यटकलाई सुन्दर नेपाल देखाउने भन्दै फोहोर नेपाल देखाउन नहुने भन्दै रारा वाट सुरु भएको अभियान, मुलुकका अन्य पर्यटकिय क्षेत्र, सगरमाथाको वेस क्याम्प, पोखरा, अन्नपुर्ण हिमाल क्षेत्रका साथै मुक्तीनाथमा सरसफाई गरिने वताउनुभयो ।
रारा सरसफाईका अभियान्ता होटल हिलसाईडका सञ्चालक धर्मराज शाहीले रारा सरसफाई पछि कालिकोटको वजार सफाईमा लाग्ने वताउनुभयो । उहाँले देश भरी अभियान चलाउने योजना संगै कालिकोटमा पनि सरसफाई गरिने वताउनु भयो ।
रारा आउने मुल वाटो कालिकोट भएकाले कालिकोटलाई पनि सफा राख्नु आफ्नो अभियानको जिम्मेवारी भएको वताउनुभयो । रारा सरसफाई अभियानमा नेपाली सेना, रारा राष्ट्यि निकुन्ज लगाएतका सरकारी निकायले पनि साथ दिएका छन । राराको वाटोमा रहेको फोहोर सफा गर्नुका साथै त्यस क्षेत्रमका ५० थान डस्वीन पनि राखिएको छ ।
Milan Shrestha । १५ पुष २०७५, आईतवार २०:३९ बजे