१५ पौष, सुर्खेत । कर्णाली प्रदेश सरकारको श्रमदिनका अवसरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालिकोटको सदरमुकाम मान्माबजारको आज (आइतवार) सरसफाई गरिएको छ । सरससफाईमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला सहित जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरुको सहभागिता रहेको थियो ।

त्यसैगरि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित प्रशान्ति वृद्धाश्रम र लाटिकोइली स्थित शिव मन्दीर क्षेत्रमा पनि सरसफाई सम्पन्न गरेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारको श्रमदिनका अवसरमा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवं प्रदेश सरकारका प्रवक्ता विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं वुढा र मुख्य न्यायधिवक्ता माननीय विद्याभुषण मानन्धर र प्रदेश सरकारका प्रमुख सचिव रामप्रशाद थपलिया वीरेन्द्रनगर ९ का वडा अध्यक्ष सुरेश मानन्धर तथा स्थानीय टोलवासीहरुको सहभागिता रहेको थियो ।

सरसफाईसंगै वृद्धाश्रममा फलफुल पनि वितरण गरिएको थियो ।



Milan Shrestha । १५ पुष २०७५, आईतवार २०:३१ बजे