३ असार सुर्खेत । विभिन्न माग राख्दै आन्दोलनमा होमिएको सत्ता साझेदार निकट नेकपा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठनलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपुकलपतिले चोटिलो जवाफ दिएका छन् । जाहेज मागप्रति आफूहरु गम्भीर रहेको बताएका विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले संवाद र सहमति विपरित गलत हर्कत गर्नु दुःखद् भएको बताए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको छैटौं वार्षिकोत्सवमा बोल्दै कोईरालाले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले विश्वविद्यालयको केन्द्रीय भवनमा तालाबन्दी र शंख बजाउने जस्ता कार्य गर्नु गलत भएको उल्लेख गरे ।
‘आफ्नो घरका आमा बुबा जिउदै छन भने, छोराछोरीले उल्टो शंक बजाउँदा कुन आमावुबाको मन शान्त होला’ प्रश्न गर्दै उपकुलपतिले भने,–‘शंख बजाउने विद्यार्थी भाईबहिनीभन्दा विद्यार्थीलाई शंख बजाउन सिकाउनेप्रति म आज लज्जित छु ।’
अरुको लह लहैमा लागेर विश्व विद्यालयमा अनुसाशनहिन काम गर्ने विद्यार्थीले भावी दिनमासँगै अध्ययन गर्ने साथी माथिल्लो स्थानमा पुग्दा पछुताएर धुरुधुरु रुने कोइरालाको टिप्पणी छ । ‘आफू गाडी चढ्न छोडे तपाईका माग पुरा हुन्छन् भने म गाडी चढ्न छोड्छु तर विश्वविद्यालयको विकास लागि प्रतिवद्ध छु ।’ उपकुलपति कोईरालाले भने ।
विश्वविद्यालयको भलाईभन्दा गलत काम नगरेको जिकीर गरेका उपकुलपति कोईरालाले सधै विश्वविद्यालयको हितमा कार्ययोजना निर्माण गरेर अगाडी बढ्ने उल्लेख गरे । क्रान्तिकारीले विभिन्न माग राख्दै गत जेट २३ गतेबाट आन्दोलन थालेको थियो ।
आफ्नै पार्टीको नेतृत्वमा शिक्षामन्त्रीले रजिष्ट्रार फेर्ने निर्णय गर्दैनन् भने विश्वविद्यालयमा उदण्ड मच्चाउनुको कुनै तुक नरहेको नाम उल्लेख नगर्ने शर्तमा एक प्रध्यापकको बुझाई छ ।
‘सरकारमा माओवादी पनि सहभागी छ, दवाव माथिबाट दिनु प¥यो नी’ ति प्रध्यापकल भने,–‘बेमौसी बाजा विश्वविद्यालयमा बजाउनुभन्दा पार्टीगत दवाव दिनु उपयुक्त हुन्छ ।’ क्रान्तिकारीले १० प्रतिशत वृद्धि शुल्क खारेज गर्नुपर्ने, इन्जिनियरिङ्ग शंकायको प्रथम सेमेस्टरमा रहँदा (हाल छौठौं सेमेस्टरमा अध्ययनरत) विद्यार्थीबाट लिएको ४२ हजार रुपैया फिर्ता गर्नुपर्ने, शैक्षिक र प्रशासनिकय गतिविधीलाई पारदर्शी बनाउने पर्ने लगायतका १० वुदे माग छन् ।
यस्तै राजिष्ट्रारको कार्यकाल सकिएकोले तत्काल नयाँ राजिष्ट्रारका नियुक्तिको लागि सिफारिस गर्नुपर्ने, सेवा आयोगलाई स्वतन्त्र, स्वायक्त र विश्वसनिय संस्थाको रुपमा स्थापित गराउदै सेवा आयोगको विज्ञापन समावेसी वनाउनु पर्ने माग पनि छन् ।
तर अधिकाँश माग पूरा भएको बताएका उपकुलपति काईरालाले मध्यपश्चिम विश्वविद्याललाई नमुना विश्वविद्यालयका बनाउने अभियान जारी रहेको उल्लेख गरे । ‘विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गरौं’ उनले थपे,–‘आस्थाको राजनीतिकले मात्र विश्वविद्यालयलाई नुमना सकिन्छ ।’
वार्षिकोत्सव कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले विश्विद्यालयमा हुने राजनीतिका भागबण्डालाई अन्त्य गरी स्वच्छ रुपमा आगाडी बढाउन सुझाव दिए । उनले नमुना विश्वविद्यालय बनाउन कागजी रुपमा भएका गतिविधिलाई व्यवहारमा लागु गर्न आग्रह गरे । कार्यक्रममा बोल्ने अधिकाँशले जाहेज माग सम्बोधन गर्न आग्रह गरेका थिए ।
साभारः अनलाइन सुर्खेत



Prawash Kumar Shakya । ३ असार २०७३, शुक्रबार १५:३० बजे