
पौष २९, कालीकोट ।
नेपाल बिद्यार्थी संघ नरहरिनाँथ गाउँपालिका कालीकोटको प्रथम अधिबेशन सम्पन्न भएको छ । सम्पन्न अधिबेसनले महेन्द्र बोगटिको संयोजकत्वमा ३४ सदस्यिय जिल्ला प्रतिनिधिको चयन गरेको छ ।
अधिबेसन समारोहलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कालीकोटका सहसचिव दमनबहादुर शाहीले नेपालको संबिधानमा भएको ब्यबस्था अनुसार आम बिद्यार्थीले अनिवार्य पाउनु पर्ने सुबिधा पाउनु पर्ने भन्दै समाजमा रहेका कुरिती कुसंस्कार बिरुद्ध बिद्यार्थीहरु लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले बिद्यार्थीहरुका शैक्षिक मद्धाहरु शसक्त रूपमा उठाउन आग्रह गर्दै बर्तमान २ तिहाई सरकारले नागरिकको पक्षमा उल्लेखनीय कार्य गर्न नसकेको, स्थानीय सरकारले हालसम्म आएको बजेटलाई सहि सदुपयोग नगरी कार्यकर्तालाई बितरणमुखी भएको हुँदा स्थानीय स्तरमा मौलाएको अनियमितताले भ्रस्टाचारलाई प्रसय दिएको आरोप लगाउनु भयो ।
सोही अबसरमा नेपाल साँस्कृति संघका केन्द्रिय प्रतिनिधि हरिश बोगटिको उपस्थितिमा चन्द्रसूर्य बोगटिको संयोजकत्वमा १५ सदस्यि पालिका स्तरिय नेपाल साँस्कृतिक संघको पनि गठन गरिएको जनाइएको छ ।



Milan Shrestha । २९ पुष २०७५, आईतवार ११:२१ बजे