माघ ५ गते सुर्खेत बन्द हुने (प्रेस बिज्ञप्ती सहित)


माघ,२ सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी जिल्ला संगठन समिति, सुर्खेतले आज जारी प्रेस बिज्ञप्ती मार्फत यहि माघ ५ गते शनिवारका दिन नेपाल बन्दको घोषणा गरेको छ ।

यहि पौष २२ गतेका दिन बिधार्थीको जिल्ला सम्मेलनको तयारी गरी रहेको अवस्थामा जिल्ला भेरी ब्यूरो सदस्य क.गोविन्द योगी र अनेरास्वयु(क्रान्तिकारी) सुर्खेतका अध्यक्ष क. कमल बुढालाई गरि झुट्ठा मुद्धामा गिरफ्तार गरेको हुदा उक्त झुट्ठा आरोपलाई खारेज गरी अध्यक्ष र जिल्ला व्यूरो सदस्यको रिहाईको माग गर्दे उक्त दिन बन्दको घोषण गरेको इन्चार्ज ध्रुब र सेक्रेटरी यमराजको संयुक्त हस्ताक्षरित बिज्ञप्ती जारी गरेको छ ।

यस्तो छ बिज्ञप्ती