नगरपालिकाद्वारा ४८ मुद्दा छिनोफानो


 

३ माघ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानून सम्मत टुङ्गो लगाइएको जानकारी दिनुभयो ।

अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भए सँगै बढ्दो जनघनत्वका कारण उजुरी आउने क्रम पनि बढेको उहाँको भनाइ थियो ।

नगरपालिकाले ‘न्यायिक समिति कार्यसम्पादन विधेयक २०७५’ पारित गर्नाका साथै हालसम्म ३० ऐन, कानून र निर्देशिकाहरु पारित गरिसकेको जनाएको छ । (रासस)