निर्वाचित जनप्रतिनिधीहरुलाई एक भएर काम गर्न आग्रह


आज अन्तराष्ट्रिय जातिभेद तथा रगंभेद विरुद्धको दिवस मनाइयो
मौसम कुमार
चैत्र ७, दैलेख ।

दैलेखबाट प्रतिनिधि सभा सदस्य पार्वती विशुनकेले जनप्रतिनिधिहरु सवैको साझा भएर काम गर्न आग्रह गर्नुभएको छ । स्थानिय तहमा निर्वाचित दलित जनप्रतिनिधिहरुका लागि दैलेखमा आयोजित २ दिने अभिमुखिकरण कार्यक्रममा वोल्दै सांसद विशुनकेले दलित समुदायका महिलालाई प्रतिनिधित्व अनिवार्य जस्तै क्षमता विकास गराउन राज्यको दायित्व भएकोमा जोड दिनुभयो । उहाँले राज्यको दायित्व नागरिक समाजले निर्वाह गरकोमा आयोजक शिल्पी समाजलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गिता चन्दले जिल्लाका ९० वटै वडाकै निर्वाचित दलित महिलालाई विकासमा सहभागिता र जिम्मेवारी दिनु पर्नेमा जोड दिनुभयो । शिल्पी समाजको संयोजक बखत नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी गोपाल नेपाली, मोहन सुनार, खगिराम सुनार, लक्ष्मी विक, सुर्य विश्वकर्मा, टेकबहादुर नेपाली, हिक्मत नेपाली, नेपाल महिला संघ दैलेखकी सचिव दुर्गा श्रेष्ठ लगायतले जनप्रतिनिधित्वको भूमिका विषयक धारणा राखेका थिए । शिल्पी समाजले आज तदनुसार २१ मार्चको अवसर पारेर दैलेखको गणेशचौक देखी प्रभातफेरी ¥याली सहित अन्तराष्ट्रिय जातिभेद तथा रगंभेद विरद्धको दिवस मनाएको छ ।