
नेपालगन्ज (बाँके) पवन जायसवाल । बाँके नेपालगन्जमा अवधी तथा हिन्दी भाषा सँस्कृतिका प्रकाण्ड पण्डित, भक्त कवि, सन्त शिरोमणि गोस्वामी तुलसीदास जी महाराजको ५२८औं तुलसीदास जयन्ती, २६औं अवधी दिवस तथा गुडिया ( नागपञ्चमी) पर्वको पावन अवसरमा “अवधी महोत्सव” विविध कार्यक्रमका साथ मनाइएको छ ।
अवधी साँस्कृति प्रतिष्ठान केन्द्रिय समितिको आयोजनामा ५२८औं तुलसीदास जयन्ती, २६औं अवधी दिवस तथा गुडिया मनाइएको हो ।
कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सचिव डा.पंकज कुमार गुप्ताले स्वागत मन्तव्य, का.वा. अध्यक्ष सुशीला बैश्यको अध्यक्षता संस्थापक अध्यक्ष बिष्णुलाल कुमालद्वारा सञ्चालित कार्यक्रममा बिचार तथा बहुभाषिक कवि गोष्ठी सहित शुभकामना कार्यक्रममा ४० बढी जना साहित्यकार, सञ्चारकर्मी, समाजसेवीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा मधेशी आयोगका का.वा.अध्यक्ष जीवछ साह, बिशिष्ट अतिथिहरुमा मधेशी आयोगका सदस्य विजयकुमार गुप्ता, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, भारत सीतापुरबाट अवधी भाषा प्रवर्धक तथा अवधी वरिष्ठ साहित्यकार सन्दीप मिश्रा सरस, इन्द्रेश बहादुर भदौरिया, विश्व हिन्दी महासभा अन्र्तराष्ट्रिय संगठन महामन्त्री अमित रजक, अखिल भारतीय विश्व हिन्दी महासभा उपाध्यक्ष कश्मीर निवासी डा. शुमेर खजुरयिा, वरिष्ठ साहित्यका सनत कुमार रेग्मी, डा. हरि प्रसाद तिमिल्सिना शिक्षाद् िकिरण आचार्य लगायतले कवि,सन्त शिरोमणि गोस्वामी तुलसीदास जी महाराजको तस्वीरमा माल्यार्पण र दीप प्रज्जवलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल र भारतका साहित्यकार, पत्रकार, समाजसेवी महिला तथा पुरुष गरी लगायत ४० भन्दा बढीलाई दोसल्ला र सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
नेपालबाट पत्रकार श्रीराम सिग्देल, रेडियो कृष्णसार एफ.एम.तथा क्रियाशिल महिला पत्रकार बाँकेकी अध्यक्ष साबित्री गिरीलाई “अवधी सञ्चार भूषण गौरव सम्मान २०८२” दोसल्ला सहित प्रमाण–पत्र प्रदान गरिएको थियो भने चन्देश्वरराज त्रिपाठी, नन्दलाल साहूलाई नगद राशी २५००।- “बिमला, बिष्णु अवधी सेवा सम्मान– २०८२” बर्दियाका निवासी राममिलन मौर्यालाई अवधी साहित्य प्रतिभा सम्मान–२०८२ बाट दोसल्ला सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।

यसै गरी भारतको भारत सीतापुर निवासी अवधी भाषा प्रबद्र्धक तथा अवधी वरिष्ठ साहित्यकार सन्दीप मिश्रा सरस, इन्द्रेश बहादुर भदौरिया, बरेली निवासी इन्द्रजीत सिंह अर्चक, शिवनाथ सिंह शिव, फत्तेहपुर डा. शैलेश गुप्त बीर, बिसवाँ सीतापुर निवासी रजनीकान्त दिक्षित, बहराईच निवासी पत्रकार तथा साहित्यकार मिथिलेश जायसवाल, रेडियोकर्मी तथा साहित्यकार लक्षमणप्रेमी राजपूत लगायत दुई दर्जन भन्दा बढीलाई साहित्यकारहरुलाई अवधी रत्न–२०८२, साहित्य रत्न–२०८२, अवधी गौरव सम्मान–२०८२ बाट र सोही कार्यक्रममा बी बिकास साहित्य प्रतिष्ठानका अध्यक्ष पंकज कुमार श्रेष्ठ बुवा बी बिकास (स्व. बिष्णुदास श्रेष्ठ) मर्णोपरान्त साहित्य सम्मान र पुष्पमणि प्रधानलाई अवधी साहित्य गौरव सम्मान–२०८२ दोसल्ला सहित सम्मान प्रदान गरिएको थियो ।
लोक गीत बिवाह गीत, देवी गीत, सोहर गीत, साँवनी गीत, कविता वाचन, तथा सहयोग गरे बापतमा बिमला यादवलाई शिक्षा गौरब सम्मान–२०८२ बाट सम्मान, सुशीला शर्मा, मन्जु शर्मा, मीरा केसी, गायिका किरन बैश्य, मन्जु बैश्य, आराध्ना बैश्य, पुष्पा सिंह, राधा जोशी, उषा शाह, सुधा तिवारी लगायतलाई साल ओढाएर सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कल्पना पौडे जिज्ञाशु, बिमला यादव र उषा शाह लगायतले रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रम अतिरक्ति शाशवत आचार्य प्रतिष्ठान, बी बिकास स्मृति प्रतिष्ठान, बिश्व हिन्दी महासभा नेपालले अलग अलग तरीकाले भारतीय वरिष्ठ साहित्यकार द्वय इन्द्र बहादुर सिंह इन्देश र सन्दिप मिश्र सरसलाई समेत सम्मानित गरिएको थियो ।
त्यस्तै कार्यक्रममा भारत सीमावर्तीका वरिष्ठ पत्रकार मनीराम शर्मा, शेरसिंह कसौंधन, भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, महेन्द्र पुस्तकालय नेपालग्नजका अध्यक्ष बलराम यादव, मीना बराल, कल्पना खरेल, चन्द्रवती अधिकारी, अवधी पत्रकार संघ केन्द्रिय समितिका संस्थापक अध्यक्ष सूर्यलाल यादव, ध्रुबराज शर्मा, जहिरुल हक जिनू, रेडियोकर्मी चन्दा सिंह, कृष्णमुरारी प्रसाद भट्ट, प्रलेस बाँकेकी अध्यक्ष चरित्रा शाह, गायककार नितेष बिश्वकर्मा शतक रक्तदाता तथा संचारकर्मी पवन जायसवाल, आनन्द गिरी मयालु, राजेन्द्र बैश्य, अधिवक्ता बिश्वजीत तिवारी, अम्बिका प्रसाद पाठक, रमेश कुमार प्रजापति, अल्पना बैश्य, काजल शमा, बसन्त कनौजिया लगायत ८६ जनाको उपस्थित रहेको थियो ।



Prawash Kumar Shakya । १७ श्रावण २०८२, शनिबार २०:१६ बजे