लोकमानबारे अदालतले मागेको मुख्य फाइल सरकारले पठाउन अझै बाँकी


अहिले पठाएको फाइलमा लोकमान ‘इमान्दार’ भएको उल्लेख

मन्त्रिपरिषदले यसअघि भुइँचालोमा परी हरायो भनेको फाइल खोजेर सर्वोच्चमा पठाए पनि लोकमानलाई स्पष्टिकरण पेश गर्न भनिएको महत्वपूर्ण फाइल भने अझै पठाएको छैन। सर्वोच्च अदालतले भदौ १० गते मन्त्रिपरिषद्को कार्यालयसँग लोकमानलाई अख्तियार प्रमुखमा नियुक्ति गर्दाको सक्कल फाइल र सामान्य प्रशासन मन्त्रालयसँग उनी मुख्य सचिव हुँदा मागिएको स्पष्टिकरणको सक्कल फाइल मागेको थियो।

अदालतले मागेका फाइलमध्ये मन्त्रिपरिषदले उनको नियुक्तिको निर्णयको फाइल पठाएको तर सामान्य प्रशासन मन्त्रालयले भने स्पष्टिकरणको फाइल अझै नपठाएको सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए।

अदालतले लोकमानलाई सरकारले स्पष्टिकरण पेश गर्न भनेको फाइललाई बढी महत्व दिँदै पठाउन आदेश दिएको थियो।

साभारः सेतोपाटी अनलाइन