सुर्खेत बन्दमा २ सवारीसाधनमा आगजनी


५ माघ, सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (विप्लव)ले आज गरेको सुर्खेत बन्दमा मालवहाक ट्रकमा आगजनी भएको छ ।

आज विहान करिव ३ः४० बजे नेपालगंज देखि सुर्खेत आउँदै गरेको ना. ६ ख ७३१३ नम्बरको मालवहाक ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदिप क्षेत्री ।

त्यस्तै आज विहान करिव १ः२० बजे सुर्खेत पश्चिम तर्फ जाँदै गरेको ट्रकमा पनि आगजनी भएको डिएसपी क्षेत्रीले बताउनुभयो ।

“हामीले स्कर्टिक गरेर गतब्यमा पुर्याउने जनाएका थियौ र सम्बन्धित सवारीधनीले आफुखुशी सवारी चलाएकोले यस्तो घटना भयो” उहाँले भन्नुभयो ।