मंगलगढी-काँक्रेविहार सडक समयमा बनाउन माग गर्दै स्थानीय यूवाहरु आन्दोलित (भिडियोसहित)


२१ म‌सीर, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको प्रमुख पर्यटकिय मार्ग वीरेन्द्रनगर ९ को मंगलगढी-काँक्रेविहार सडक समय नबन्दा स्थानीय यूवाहरु फेरि आन्दोलित भएका छन् । लाटीकोइली यूवा समाजमा आबद्ध यूवाहरुले आज लाटीकोइली स्थित शिव माध्यमिक विद्यालयबाट विभिन्न नारा सहित वीरेन्द्र चोक हुँदै बजार परिक्रममा गरि मंगलगढी चोकमा सडक सम्वाद कार्यक्रम गरेका छन् ।

विगत ६ बर्ष देखि बाटो बनाउने भनेर ठेक्का प्रकृयाहरु पुरा हुँदा पनि समयमा पूरा नभएपछि यूवाहरु आन्दोलित हुनपरेको स्थानीय यूवा थोमस गौतमले बताउनुभयो । एउटा स्थानीय सरकार परिवर्तन भैसक्यो तर विभिन्न बहानामा सडक बन्न सकेको छैन् भएका पिच बाटोहरु बाटो बनाउने भनेर खनिए जनता घुलो हिलोबाट आजित भैसके तर पनि बाटो समय बनाउने सरकारले कुनै पहलकदमी गर्न नसकेको गौतमले आरोप लागाउनुभयो । हामीले कार्यक्रममा यो बाटो निर्माण सँग सम्वन्धित सबै सरोकारवाला निकायले जवाफदेहिताकालागि सडक सम्वाद कार्यक्रम राख्यौ तर कार्यक्रममा वडा अध्यक्ष मात्र उपस्थित हुनुभयो । गौतमले भन्नुभयो ।

सडक सम्वाद कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९का वडाअध्यक्ष ऋषि गिरीले पटकपटक ताकेता गर्दापनि ठेकेदार कम्पनीले धोका दिएको बनाउनुभयो । हामीले यो सडक समय मै बनाउनकालागि सरोकारवाला निकायलाई खबरदारी गरिरहेका छौं तर ठेकेदार कम्पनीले गर्दा सडक समयमा बन्न सकेको छैन् वडा अध्यक्ष गरीले भन्नुभयो ।

विरोध र्रयालीमा स्थानीय विद्यालयका विद्यार्थी र यूवाहरुको सहभागिता रहेको थियो ।