
११ माघ, सुर्खेत । नेपाल तरुणदलले यही माघ १३ गते सरकार विरुद्ध विरोध कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गर्ने भएको छ।
आज बीरेन्द्रगरमा पत्रकार सम्मेलन गरेर तरुणदल सुर्खेतले केन्द्रिय तरुणदलको आयोजना तथा सुर्खेत तरुणदलको समन्वय विरोध प्रर्दशन गरिने जनाएको छ। विरोध प्रर्दशनमा कर्णालीका १० वटै जिल्लाबाट तरुण युवाको सहभागीता रहने तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो।
दुई तिहाइको सरकार अराजकता गतिविधि तर्फ उन्मुख भएको भन्दै तरुणदले सातवटै प्रदेशमा बिरोध प्रदर्शन गर्न लागेको हो। सरकारले जनआकांक्षा र राष्ट्रको आवश्यकता अनुरुप काम गर्ने भरोसा गरे पनि आम नेपालीलाई दुख दिएको भन्दै आन्दोलन गर्नलागिएको तरुणदल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो ।
सरकारले निर्मला हत्याकाण्डको हत्यारालाई लुकाउने खोजेको, महङगी, भ्रष्टाचार बढ्दै गएको भन्दै यसको विरुद्धमा प्रर्दशन गर्न लागेको अध्यक्ष विष्टले बताउनुभयो ।
कार्यक्रममा २० हजार भन्दा धेरैको सहभागी गराउने तयारी भईरहेको जानकारी दिदै अध्यक्ष बिष्टले कार्यक्रमममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत सहित केन्द्रिय कमिटिको समेत सहभागीता रहने जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । ११ माघ २०७५, शुक्रबार १९:५५ बजे