विद्यालयमा खस भाषाको पाठ्यक्रम लागु गरिने–अध्यक्ष रावल


माघ १५, सुर्खेत ।

सिजा गाउँपालिकाका अध्यक्ष देबलसिहं रावलले पालिकामा रहेका सबै बिद्यालयहमा खस भाषाको पाठ्यक्रम लागु गरि खस भाषाको संरक्षण गरिने बताउनु भएको छ । भाषा, सँस्कृति, कला साहित्यको उद्भव स्थल भएकाले त्यहाँको भाषा, साहित्य, कला सँस्कृति बचाउने अभियानमा पालिका नै लाग्नेमा उहाँले विस्वास दिलाउनुभयो ।

अध्यक्ष रावलले लोकतन्त्रमा मान्छे मात्रै होइन पशुले पनि रुन पर्ने वाताबरणको अन्त्य हुनुपर्ने जिकिर गर्दै उहाँले त्यसको देखिने र महशुस गर्ने गरि पालिकाले काम गर्ने विस्वास पनि दिलाउनु भएको छ । सिंजा सभ्यताको वैभबलाई बचाई राख्नका लागि पालिकाले योजना सहित कार्य गरिरहेको जानकारी दिदै अध्यक्ष रावलले विकासको मेरुदण्ड सडक भएकाले यसको विकास र स्तरबृद्धिमा प्रदेश र संघिय सरकारले बिशेष चासो दिनु पर्ने सुझाव दिनुभयो ।

त्रिरत्ना मिडिया प्रालि सँग कुरागर्दै अध्यक्ष रावलले सामाजिक बिकृतिका बिरुद्धमा विद्यालयमा अध्ययनरत वालवालीकाहरुलाई परिचालन गरेको जानकारी दिदै मदिराका बिरुद्धमा आफ्नै छोराछोरी लागिपरेपछि सहज रुपमा बिकृति बिसंगतिमा कमि आउने उहाँले दाबी गर्नुभयो ।