हृदयद्यातका कारण सिम्तामा एक शिक्षकको मृत्यु



माघ,१९ सुर्खेत । पुर्वि सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ४ बजेडीचौर स्थित भानु माध्यामिक विद्यालयमा कार्यरत एक शिक्षकको आज हृदयद्यातका कारण मृत्यु भएको छ ।

प्रदेश २ को सप्तरी जिल्ला राजविराज नगरपालिका ८ स्थायी घर भएका शिक्षक महेश्वर ठाकुरको मृत्यु भएको वडा सदस्य नेत्रलाल महताराले जानकारी दिनुभयो ।

शनिवार बिहान मुटु र पेट दुख्यो भनेर स्थानीय सिम्ता ६ को जामुने बजार औषधी गर्न हिडेका उनको यात्राका क्रममा गाडीमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

मृतक ठाकुर २०७१ सालदेखि उक्त विद्यालयमा माध्यामिक तहको विज्ञान विषय अध्यापन गर्दै आएका थिए । उनको शवलाई पोष्टमार्टमका लागी मेहेलकुना अस्पतामलमा ल्याईएको छ ।