नेपालगञ्ज: बेलायती नागरिक मृत फेला


२६ फागुन नेपालगञ्जको सेतु विक चोकस्थित कस्तुरी होटलमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईका अनुसार होटलको कोठा नं १०२ मा ६९ वर्षीय बेलायती नागरिक जोन निकोलस वाट्सन मृत अवस्थामा भेटिएका हुन् ।
सोमबार बेलुकी ५ बजे होटलमा आएका पार्सपोर्ट नं ५००६१८१२० का बेलायती नागरिक वाट्सनले होटलमा एक कप कफीमात्र खाएको होटल सञ्चालकले जनाएका छन् ।
कोठाभित्र चुकुल लगाएको अवस्थामा मृत भेटिएका उनको कोठामा सामान छरपस्ट अवस्थामा रहेको थियो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

साभारः हिमाल खबर